६ मंसिर २०८१, बिहिबार | November 21, 2024

मेरो तिब्बत यात्रा : पश्चिमा भाष्यको मान्यता विपरित अनुभव



यस वर्षको सुरुवातमा मैले पश्चिमी विश्वमा प्रस्तुत गरिने कथनहरूको विपरीत, चीनको प्रयासलाई आफ्नै आँखाले देख्न पाउँदा खुसी भएँ, जहाँ विभिन्न जातीय समूहहरूबीच एकता बढाउने प्रयास भैरहेको छ । त्यहाँ मैले केही वास्तविकता अवलोकन गरेँ, जसले मेरो सोचाइलाई परिवर्तन ग-यो । मैले सोचेको जस्तो सिजाङ (तिब्बत) पछि परेको र दुर्गम क्षेत्र होइन रहेछ, बरु यसले प्रभावशाली पूर्वाधार र चिनियाँ सरकारको तिब्बती जनताको धार्मिक तथा सांस्कृतिक जीवनप्रति गरेको सम्मानलाई प्रतिबिम्बित गरेको रहेछ ।

मेरो भ्रमणको क्रममा मलाई प्रभावित गर्ने विभिन्न पक्षहरू थिए । पहिलो त, शिक्षा प्रणाली । मैले पत्तो पाएँ कि सिजाङ (तिब्बत)मा सार्वजनिक रूपमा वित्त पोषित शिक्षा प्रणाली छ, जसले बालबालिकाहरूलाई विद्यालयको खाना, आवास, र शिक्षण शुल्कको व्यवस्था गर्दै समान शैक्षिक अवसर प्रदान गर्दछ । मैले एउटा सार्वजनिक आवासीय विद्यालय भ्रमण गर्दा धेरै विद्यार्थीहरू कक्षामा होमवर्क गरिरहेका थिए र तिनीहरू तिब्बती र पुटोङह्वा (म्यान्डारिन) दुवै भाषामा सिकिरहेका थिए । केही देशमा अल्पसंख्यक भाषाहरूलाई सम्मान गरिँदैन, तर मैले भ्रमण गरेको विद्यालयमा अल्पसंख्यक भाषाहरूलाई सम्मान गरिएको पाइयो । व्यावसायिक तालिम लिइरहेका विद्यार्थीहरूसँग मेरो छलफल पनि भयो । व्यावहारिक सीपहरू हासिल गरेपछि विद्यार्थीहरू विश्वविद्यालयको शैक्षिक पाठ्यक्रम पढ्न नपाए पनि समाजका उत्पादक सदस्य बन्न सक्नेरहेछन् ।

मलाई सिजाङ (तिब्बत)को पूर्वाधार र विकासले पनि प्रभावित बनायो, विशेष गरी यो क्षेत्रको भौगोलिक अवस्था र उच्च पहाडी भूभागको बाबजुद पनि यहाँको संरचना राम्रोसँग विकसित भएको पाइयो । यहाँको उच्च भू–स्तरले मलाई चकित बनायो, तर सडक लगायतका पूर्वाधारहरू राम्ररी जोगाइएका थिए । हामीले एउटा गाउँ पनि भ्रमण ग¥यौँ, जहाँका बासिन्दाहरू सुख्खा क्षेत्रबाट स्थानान्तरण भएका थिए । चीनले लाखौं मानिसहरूलाई गरिबीबाट मुक्त गराएको छ, र त्यो गाउँ त्यसको उदाहरण थियो । त्यहाँको स्थानीय सरकारले आधुनिक समुदायको स्थापना गरेको थियो, जहाँ बासिन्दाहरूलाई कारखानामा रोजगारीको अवसर दिएको थियो, जसले गर्दा तिनीहरूले सेवाहरूमा पहुँच पाएका छन् । अन्तर्राष्ट्रिय मानव अधिकारका दस्तावेजहरूमा विकासको अधिकारलाई मान्यता दिइएको छ भन्ने कुरा सबैले ध्यान दिनुपर्छ ।

सिजाङमा मेरो भ्रमण अघि मैले पश्चिमी सञ्चार माध्यमहरूमा मानव अधिकारसम्बन्धी केही प्रतिवेदनहरू पढेको थिएँ, तर ती रिपोर्टहरूको सत्यता म आफैले प्रमाणित गर्न सक्दिनथेँ, किनकि म आफैँ त्यहाँ गएको थिइनँ । मेरो भ्रमणको क्रममा मैले सिजाङको वास्तविक अवस्था देखेँ ।

मैले गाउँलेहरूलाई स्थानान्तरण गराउने प्रक्रियामा उत्सुकता देखाएँ, र यो स्वेच्छाले भएको हो वा होइन भन्ने कुरा जान्न खोजेँ । हामीले भेट गरेको एक परिवारले उनीहरूको स्थानान्तरण स्वैच्छिक नै भएको पुष्टि गरे; जो सर्न चाहँदैनथे, उनीहरूलाई बस्न अनुमति दिइएको थियो । चीनमा जबरजस्ती श्रमको आरोपहरूको सन्दर्भमा बुझन् खोज्दा मैले भेटेका केही बियर कारखाना र दूध उत्पादन कारखानाहरूमा कामदारका अधिकारलाई सम्मान गरिएको र उच्च तलब दिइएको पाइयो ।

हामीले एक परिवारले चलाएको बियर कारखानाको भ्रमण ग-यौँ, जसले स्विडेन र जर्मनी जस्ता देशहरूसँग उपकरणहरू खरिद गर्नको लागि सहकार्य गरिरहेको थियो । पश्चिम र चीनका बीचमाा भिन्नताहरूका बाबजुद पनि आर्थिक तहमा साझेदारी बनिरहेकै छन् । स्थानीय संस्कृति, वातावरण, र जनताको सम्मान गर्दै साझेदारीलाई अघि बढाउनु महत्वपूर्ण छ । चीनको आर्थिक विकास यसरी नै पश्चिमी देशहरूसँग सहकार्य गर्दै अघि बढिरहेको छ ।

सिजाङमा मैले चिनियाँ सरकारको वातावरण र तिब्बती जनताको संस्कृतिप्रतिको सम्मानलाई पनि देखेँ । प्रसिद्ध पोताला दरबारले धेरै पर्यटकहरूलाई आकर्षित गरिरहेको थियो, र तिब्बतीहरू निरन्तर श्रद्धा गर्न आइरहेका थिए, जसले जीवित सांस्कृतिक जीवनलाई देखाउँछ । धार्मिक स्थलहरूको भ्रमण पनि यो यात्राको अर्को महत्वपूर्ण पक्ष थियो । हामी धार्मिक स्वतन्त्रतामा धेरै चासो राख्छौं । मैले त्यहाँ मानिसहरूलाई खुलेआम आस्था प्रकट गरिरहेको देखें । उनीहरूको सांस्कृतिक र धार्मिक विश्वासमा कुनै प्रतिबन्ध थिएन, बरु मैले देखेको के थियो भने उनीहरू स्वतन्त्र रूपमा आफ्नो धार्मिक क्रियाकलापमा संलग्न थिए । आधुनिक जीवनसँगै सांस्कृतिक र धार्मिक विश्वासको सम्मान मिलेको देख्दा निकै उत्साहजनक थियो ।

अनुसन्धानकर्ता र मानव अधिकारका वकिलको रूपमा, आरोप लगाउँदा प्रमाणको महत्वमा म विश्वास गर्छु । सिजाङमा मेरो भ्रमण अघि मैले पश्चिमी सञ्चार माध्यमहरूमा मानव अधिकारसम्बन्धी केही प्रतिवेदनहरू पढेको थिएँ, तर ती रिपोर्टहरूको सत्यता म आफैले प्रमाणित गर्न सक्दिनथेँ, किनकि म आफैँ त्यहाँ गएको थिइनँ । मेरो भ्रमणको क्रममा मैले सिजाङको वास्तविक अवस्था देखेँ । म सोच्दछु कि मानव अधिकारका मुद्दाहरू रहेको दाबी गर्ने विद्वान् र नागरिक समाजका सदस्यहरूले आफू त्यहाँ पुगेर स्थानीय मानिसहरूसँग कुरा गर्दै प्रमाण सङ्कलन गर्नुपर्छ र आफ्ना दाबीहरूको पुष्टि गर्नुपर्छ । तिनीहरूले केवल पश्चिमी सञ्चार माध्यमहरूमा निर्भर नगरी वस्तुनिष्ठ विश्लेषण गर्न आवश्यक छ ।

ग्लोबल टाइम्समा प्रकाशित यो लेख साउथ अफ्रिकाको प्रिटोरिया विश्वविद्यालयको मानव अधिकार केन्द्रका सहायक निर्देशक लोयड कुवेयासँगको अन्तर्वार्तामा आधारित छ।

प्रकाशित मिति : २७ आश्विन २०८१, आइतबार  ८ : ४७ बजे

प्रधानमन्त्री ओलीको भ्रमणले दुई देशको सम्बन्धलाई थप मजबुत बनाउने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र चिनियाँ कम्युनिष्ट पार्टीका

आयोध्यासँग नेपालगन्जलाई ‘टाइअप’ गर्न नेपालगन्जमा १०८ फिट अग्लो हनुमानको मूर्ति बनाईँदै

नेपालगन्ज । नेपालगन्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति निर्माण भइरहेको

बचतकर्ताको रकम फिर्ता गराएर सहकारीलाई लयमा फर्काउनेछौँ: सहकारीमन्त्री अधिकारी

काठमाडौँ । देशमा भूमिसम्बन्धी काम २०३५/३६ सालदेखि नै शुरुआत भए

बुटवल–गोरुसिङ्गे सडक विस्तार : नागरिकलाई सास्ती नहुनेगरी सडक विस्तार गर्न निर्देशन

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवल–गोरुसिङ्गे सडक विस्तार

कास्की र मनाङको सिमानामा भूकम्पको धक्का महसुस

काठमाडौं । कास्की र मनाङको सिमानमा बिहीबार भूकम्पको धक्का महसुस