१ कार्तिक २०८१, बिहिबार | October 17, 2024

आजको मौसम : यी प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना



काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ ।

साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेकाले आज यी स्थानमा बदली र वर्षाको सम्भावना रहेकोे जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको मौसमी बुलेटिनका अनुसार हाल कोशी, बाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारण बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा हल्कादेखि मध्यम बदली रहनेछ ।

आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । तीनवटै प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

असोज २८ गते सोमबार पनि कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली साथै बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८१, आइतबार  ७ : १५ बजे

वीरगञ्जबाट मोटरसाइकल आयात ७६ प्रतिशतले बढ्यो

वीरगञ्ज । वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा ७६

बुटवलमा कार्तिक ३ गते वर्ल्डलिंक ‘सज्जन राज वैद्य : एकादेशमा नेपाल टुर २०२४’ लाइभ कन्सर्ट हुने

बुटवल । युवा पुस्तामाझ लोकप्रिय गायक सज्जनराज वैद्यको नेपाल टुर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४

बाख्रापालनबाट आत्मनिर्भर बन्दै बाँकेका महिला

बाँके । जिल्लाका किसान महिला बाख्रापालनबाट आत्मनिर्भर बन्दै गएका छन्

बन्दीपुर आउने पर्यटकलाई स्थानीय परिकारले सत्कार

तनहुँ । पहाडकी रानीका रूपमा परिचित बन्दीपुर आउने पर्यटकका लागि