१ कार्तिक २०८१, बिहिबार | October 17, 2024

आजको मौसम : तीन प्रदेशमा वर्षाको सम्भावना



काठमाडौं । मनसुनी वायुका साथै पश्चिमी वायुको समेत सामान्य प्रभाव रहेकाले कोशी प्रदेशलगायत बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् गोविन्दकुमार झा अनुसार आज तीन प्रदेशका पहाडी भू-भागका हल्का वर्षाको सम्भावना पूर्वानुमान गरिएको छ । वर्षा भएपनि खासै ठूलो भारी वर्षाको सम्भावना छैन ।

“आज दिउँसो बदली र वर्षाको सम्भावना छ, तर, ठूलो भारी वर्षा भने हुनेछैन, त्यसैले आत्तिनुपर्ने अवस्था छैन, बदली रहेपनि झरी पर्नेछैन, क्षति पुर्याउने किसिमको पानी पर्दैन ।”

मौसमविद् झाले वर्षा भएपनि दशैँको टीका विथोल्ने किसिमको झरी पर्ने अवस्था नरहेको उल्लेख गरे । दिउँसो कोशी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । रातिको समयमा पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरिएको छ ।

कोशी प्रदेशलगायत मधेश प्रदेशको अधिकांश भू-भाग र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ । देशको बाँकी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले उल्लेख गरेको छ ।

न्यूनतम तापक्रम क्रमशः घट्र्दै गएकाले काठमाडौंमा सामान्य चिसो बढेको छ । अबको एकसाता न्यूनतम तापक्रम घट्ने भएकाले चिसोबाट बच्न आवश्यक सतर्कत अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आज काठमाडौंको अधिकतम तापक्र २७ देखि २९ सम्म र न्यूनतम तापक्रम १५ देखि १७ डिग्री सेल्सियस रहनेछ ।

प्रकाशित मिति : २६ आश्विन २०८१, शनिबार  ६ : २९ बजे

वीरगञ्जबाट मोटरसाइकल आयात ७६ प्रतिशतले बढ्यो

वीरगञ्ज । वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा ७६

बुटवलमा कार्तिक ३ गते वर्ल्डलिंक ‘सज्जन राज वैद्य : एकादेशमा नेपाल टुर २०२४’ लाइभ कन्सर्ट हुने

बुटवल । युवा पुस्तामाझ लोकप्रिय गायक सज्जनराज वैद्यको नेपाल टुर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४

बाख्रापालनबाट आत्मनिर्भर बन्दै बाँकेका महिला

बाँके । जिल्लाका किसान महिला बाख्रापालनबाट आत्मनिर्भर बन्दै गएका छन्

बन्दीपुर आउने पर्यटकलाई स्थानीय परिकारले सत्कार

तनहुँ । पहाडकी रानीका रूपमा परिचित बन्दीपुर आउने पर्यटकका लागि