२२ आश्विन २०८१, मंगलबार | October 8, 2024

बाँकेमा सुरक्षित स्वतन्त्रतापूर्वक पत्रकारिताको वातावरण बनाउन माग



नेपालगन्ज । पत्रकार अभिषेश गुप्तामाथि दुर्ब्यवहार गर्नेहरुमाथि कडा कारवाही गर्न पत्रकार महासंघ बाँके शाखाले माग गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाललाई ज्ञापनपत्र बुझाउँदै महासंघको बाँके शाखाले दुर्ब्यवहार गर्नेहरुमाथि कडा कारवाही गर्न माग गरेको हो ।

महासंघले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी कारवाहीको कठघरामा उभ्याउन ज्ञापन पत्रमा माग गरेको छ । पत्रकारका तर्फबाट विभिन्न आस्थागत संगठनका अध्यक्षहरुले संयुक्त हस्ताक्षर गरेको ध्यानाकर्षण पत्र प्रमुख जिल्ला अधिकारी रिजाललाई बुझाउँदै महासंघ बाँकेका कार्यवाहक अध्यक्ष संगीन शर्माले सुरक्षित स्वतन्त्रतापूर्वक पत्रकारिताको वातावरण बनाउन घटनाका दोषीलाई कारवाही जरुरी भएको औंल्याए ।

कार्यक्रममा पत्रकार महासंघका प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, जिल्ला सचिव कमल डाँगी, पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष झलक गैरे, रुद्र सुवेदी, पूर्व केन्द्रीय उपाध्यक्ष शिव डोटेल, जिल्ला अध्यक्ष दुर्गा रोकाय, नेपाल प्रेस यूनियनका जिल्ला अध्यक्ष प्रिया स्मृति ढकाल, प्रदेश महासचिव नविन गिरी, प्रेस सेन्टरका केन्द्रीय सदस्य डक्ट धिताल, जिल्ला अध्यक्ष राजेश आचार्य, समाजवादी प्रेस संगठनका अध्यक्ष लोकनाथ शर्मा, जिनेपाल एचडीका प्रबन्ध निर्देशक आशिष गुप्ता लगायतले घटनाबारे चिन्ता व्यक्त गर्दै दोषीलाई कारवाही माग गरेका थिए ।

दुर्ब्यवहारमा परेका पत्रकार अभिषेश गुप्ताले आफुमाथि दुर्गेश साहु, विशाल गुप्ता, दिपेन्द्र यादव लगायतको समुहले हातपात गरेको भन्दै किटानी जाहेरी दिएको बताएका छन् ।

नेपाल पत्रकार महासंघ बाँके शाखाका साधारण सदस्य तथा जि नेपाल एचडी टेलिभिजनका संवाददाता गुप्ता माथि बिहीबार समाचार संकलनको बिषयलाई लिएर दुर्व्यवहार भएको थियो ।

पीडितका अनुसार नेपालगन्जमा रिर्पोटिङ गरेर फर्किने क्रममा राती करिब ११ बजेको समयमा नेपालगन्ज उपमहानगरपालिका वडा नं(३ त्रिवेणी मोड नजिकै घर अगाडी तीन जना युवाको समूहले भिडियो किन बनाएको भन्दै गुप्तालाई हातपातको समेत प्रयास गरेका थिए ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  १० : २३ बजे

बबईमा डुबेर बालकको मृत्यु

तुलसीपुर । दाङस्थित बबई नदीमा डुबेर एक बालकको मृत्यु भएको

बाँकेमा सुरक्षित स्वतन्त्रतापूर्वक पत्रकारिताको वातावरण बनाउन माग

नेपालगन्ज । पत्रकार अभिषेश गुप्तामाथि दुर्ब्यवहार गर्नेहरुमाथि कडा कारवाही गर्न

पत्रकारितासँगै समाजसेवामा पत्रकार खगेन्द्र दाहाल, दृष्टिविहिन जय बहादुरलाई बनाईदिए पक्कीघर

खजुरा । युवा पत्रकार खगेन्द्र दाहालको पहलकदमीमा बाँकेको खजुरा गाउँपालिका

पशुपति गौशाला धर्मशाला महानगरपालिकाले सञ्चालन गर्ने

काठमाडौं । पशुपति गौशाला धर्मशाला काठमाडौँ महानगरपालिकाले सञ्चालन गर्नेगरी कार्यविधिको

नागढुङ्गा–मुग्लिन सडक : जोखिम छ तर आत्तिनु पर्दैन !

धादिङ । सडक कुनाको भित्ताबाट खसेका ससाना पहिरो नालीमै छन्