२२ आश्विन २०८१, मंगलबार | October 8, 2024

भारत सरकारले पठायो बाढीपीडितका लागि आवश्यक सामग्री



नेपालगन्ज । भारत सरकारले बाढीपीडितलाई आवश्यक सामग्री पठाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई भारतीय राजदूतावास काठमाडौँका द्वितीय सचिवद्वय आषिश सिन्हा र नारायण सिंहले बाढीपीडितलाई आवश्यक सामग्री हस्तान्तरण गरेका छन् ।

भारु एक करोड १८ लाख ५१ हजार २० बराबरको सामग्री सोमबार साँझ प्रजिअ रिजाललाई नेपालगञ्ज विमानस्थल परिसरमा रहेको ‘मानवीय सहायतस्थल’मा हस्तान्तरण गरिएको थियो । सो अवसरमा प्रजिअ रिजालले भारत सरकारलाई धन्यवाद दिए ।

सामग्रीअन्तर्गत क्लोरिन ट्याब्लेट, स्लिपिङ ब्याग, पानीको बोतल, त्रिपाल छन् । भारत सरकारको तर्फबाट आज पनि सामग्री आउने र सबै सामग्री सङ्कलन भएपछि मात्र हवाईजहाजमार्फत काठमाडौँ पठाइने प्रजिअ रिजालले जानकारी दिए ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ८ : ३९ बजे

बाढी प्रभावित क्षेत्रको जानकारी लिँदै गृह, भौतिक र रक्षा मन्त्री सिन्धुलीमा

सिन्धुली । सिन्धुलीको बाढी प्रभावित क्षेत्रको अवस्थाका बारेमा जानकारी लिन

पहिरो पीडितलाई दसैँको भन्दा गुमाएका आफन्तको चिन्ता

बागलुङ । दसैँ नजिकिएसँगै गाउँमा चहलपहल बढेको छ । छिमेकीले

तनहुँ जलविद्युत् आयोजना प्रभावित क्षेत्रमा सहयोग

तनहुँ । तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ

मन्त्रीहरु बाढीपहिरो प्रभावित क्षेत्रमा

काठमाडौँ । मन्त्रीहरूले काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुर र सिन्धुपाल्चोक जिल्लाका बाढीप्रभावित

सप्तकोशी नदीमा ‘जेटबोट’ सञ्चालन

सुनसरी । सुनसरीको चतरास्थित सप्तकोशी नदीमा सोमबारदेखि जेटबोट सञ्चालनमा ल्याइएको