२१ आश्विन २०८१, सोमबार | October 7, 2024

नबिल बैंक र हाम्रो पात्रो बिच कार्ड–आधारित विप्रेषण सेवाका लागि समझदारी



काठमाडौं । नबिल बैंक लिमिटेड र स्मार्ट आइडियाज प्रालि (हाम्रो पात्रो) बिच कार्ड–आधारित विप्रेषण सेवाका लागि समझदारी भएको छ ।
नबिल बैंक लिमिटेडका तर्फबाट एनबैंक प्रमुख प्रदीप नेपाल र स्मार्ट आइडियाजको तर्फबाट वरिष्ठ इन्जिनियरिङ म्यानेजर सुरज गौतमले सोमबार एक कार्यक्रमका बिच समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरेका छन् ।

दुई कम्पनी बिच भएको सम्झौताअनुसार, नबिल बैंकले कार्डमा–आधारित विप्रेषण प्लेटफर्म एनरेमिटको सेवा हाम्रो पात्रो एपमा समावेश गरेको छ ।
नेपालबाहिर रहेका हाम्रो पात्रो प्रयोगकर्ताहरूले अब एपको ‘रेमिटेन्स’ बटनमा गएर पठाउने र प्राप्त गर्ने व्यक्तिको विवरण र विप्रेषणको उद्देश्य उल्लेख गरी सेवा लिन सक्ने छन् । जस अन्तर्गत आफ्नो अन्तर्राष्ट्रिय मास्टर कार्ड वा भिसा कार्ड प्रयोग गरेर विप्रेषण रेमिटेन्स पठाउन सकिनेछ ।

यस सेवा अन्तर्गत, प्रयोगकर्ताहरूले न्यूनतम युुएस डलर १०० देखि अधिकतम ५ हजार डलरसम्म पठाउन सक्नेछन् । नबिल बैंकका अनुसार रेमिटेन्स प्राप्त कर्ताले नेपालभित्र जुनसुकै बैंक खातामा तुरुन्तै रकम प्राप्त गर्नेछन् ।

नबिल बैंकले २०२२ डिसेम्बरदेखि आफ्नो एनबैंक एपमार्फत एनरेमिट सेवा दिँदै आएको छ । यो सेवाको पहिलो पटक तेस्रो पक्षसँगको सहकार्यमा विस्तार गरिएको हो । “यो बैंकिङ सेवाको लागि एउटा कोशेढुंगा हो, किनकि यसले देशमा खुला बैंकिङको पहिलो पहललाई प्रतिनिधित्व गर्दछ,” नबिल बैंकका अन्तर्राष्ट्रिय व्यापार तथा एनबैंकका नायब महाप्रबन्धक, आदर्श बजगाईँले भने ।

यस सम्झौतामार्फत दुवै संस्थाहरूले देशमा विप्रेषण प्रक्रियालाई सरल बनाउने उद्देश्य राखेका छन् । यसबाट नेपाली बैंकिङ क्षेत्रलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको बैंकले जनाएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  १० : २३ बजे

मेलम्ची सङ्घर्ष समितिसँग खानेपानी मन्त्रीको वार्ता : काठमाडौँमा पानी पथान्तरण गर्ने सहमति

सिन्धुपाल्चोक । भोलि बिहानदेखि मेलम्चीको पानी काठमाडौँको सुन्दरीजलस्थित पानी प्रशोधन

तमु सृष्टि सम्बन्धी धार्मिक ग्रन्थ ‘क्येर्लो क्येप पे’ पुस्तक बिमोचन

बुटवल । गुरुङहरुको (तमु) सृष्टि सम्बन्धी धार्मिक ग्रन्थ क्येर्लो क्येप

प्रभु ग्रुपले गर्यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ७५ लाख रुपैयाँ सहयोग

काठमाडौं । प्रभु ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १

नबिल बैंक र हाम्रो पात्रो बिच कार्ड–आधारित विप्रेषण सेवाका लागि समझदारी

काठमाडौं । नबिल बैंक लिमिटेड र स्मार्ट आइडियाज प्रालि (हाम्रो

प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार

काठमाडौं । प्रेस काउन्सिल नेपालले तथ्यहीन, भ्रामक र अमर्यादित सामग्री