२१ आश्विन २०८१, सोमबार | October 7, 2024

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज रु चार करोड ७९ लाख सहयोग प्राप्त



काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज विभिन्न संस्थाबाट रु चार करोड ७९ लाख दश हजार तीन सय ९० सहयोग प्राप्त भएको छ ।

आज नेशनल हाइड्रोपावर विद्युत् कम्पनी (भारत सरकार) बाट रु एक करोड, प्रभु बैंकबाट रु एक करोड, अरुण तेस्रो पावर कम्पनीबाट रु एक करोड, एभरेष्ट बैंक लिबाट रु ५० लाख, प्राइम बैंकबाट रु ३१ लाख रकम कोषमा सहयोगस्वरुप जम्मा भएको हो ।

त्यस्तै, प्रभु इन्स्योरेन्सबाट रु २५ लाख, प्रभु महालक्ष्मीबाट रु २५ लाख, प्रभु क्यापिटलबाट रु २५ लाख, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीबाट रु १० लाख, इनर्जी ट्रीबाट आठ लाख एकहजार र नवीन कोइराला नुवाकोट हाल अमेरिकाबाट रु पाँच लाख नौहजार तीनसय ९० गरी जम्मा चार करोड ७९ लाख १० हजार तीन सय ९० उक्त कोषमा प्राप्त भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ९ : ४४ बजे

मेलम्ची सङ्घर्ष समितिसँग खानेपानी मन्त्रीको वार्ता : काठमाडौँमा पानी पथान्तरण गर्ने सहमति

सिन्धुपाल्चोक । भोलि बिहानदेखि मेलम्चीको पानी काठमाडौँको सुन्दरीजलस्थित पानी प्रशोधन

तमु सृष्टि सम्बन्धी धार्मिक ग्रन्थ ‘क्येर्लो क्येप पे’ पुस्तक बिमोचन

बुटवल । गुरुङहरुको (तमु) सृष्टि सम्बन्धी धार्मिक ग्रन्थ क्येर्लो क्येप

प्रभु ग्रुपले गर्यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ७५ लाख रुपैयाँ सहयोग

काठमाडौं । प्रभु ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १

नबिल बैंक र हाम्रो पात्रो बिच कार्ड–आधारित विप्रेषण सेवाका लागि समझदारी

काठमाडौं । नबिल बैंक लिमिटेड र स्मार्ट आइडियाज प्रालि (हाम्रो

प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार

काठमाडौं । प्रेस काउन्सिल नेपालले तथ्यहीन, भ्रामक र अमर्यादित सामग्री