१८ चैत्र २०८१, सोमबार | March 31, 2025

सूर्य नेपालले बजारमा ल्यायो ‘मंगलदीप गुलाफ चन्दन’ अगरबत्ती



काठमाडौं । नेपालकै अग्रणी व्यावसायिक संस्था सूर्य नेपाल भेन्चर्स प्रा. लि. ले हरेक पवित्र अवसरलाई लक्षित गरी आफ्नो नयाँ उत्पादन “मंगलदीप गुलाफ चन्दन अगरबत्ती” नेपाली बजारमा सार्वजनिक गरेको छ ।

आकर्षक प्याकेजीङ्ग ले सुसज्जित गुलाफ चन्दन अगरबत्तीको हरेक प्याकमा ९ इन्चका ४० वटा काँटीहरू रहेका छन् । कम्पनीले गुलाफ चन्दन अगरबत्तीको प्रत्येक प्याक को बिक्री मूल्य रु. ५० कायम गरेको छ ।

यो अगरबत्तीमा गुलाफ र चन्दनको सुवासको समिश्रण रहेको छ, र सम्भवत पहिलो पटक यस किसिमको नयाँ सुवास सवैमाझ उपलब्ध हुनेछ । यो अद्वितीय सुवासले हरपल पवित्र बनाइ सुवासको अलग्गै नयाँ अनुभव दिने बताइएको छ । यस अगरबत्तीमा हरेक शुभ कार्य का निम्ति उपयुक्त हुनुका साथै पूजाको पावन अनुभव पनि प्राप्त गर्न सकिने छ । उत्कृष्ट गुणस्तरीयता कायम राखी मंगलदिप पुजा अगरबत्तीले मंगलदीप ब्राण्डको छवि र ब्राण्डप्रति उपभोक्ताको लगावलाई बलियो बनाउने विश्वास कम्पनीले लिएको छ ।

यस उत्पादनले, प्रिमियम अगरबत्ती खोज्नुहुने सम्पूर्ण ग्राहक महानुभावहरूको मन जित्ने विश्वास कम्पनीले लिएको छ ।

मंगलदीप पूजा अगरबत्ती अन्तर्गत चम्पा, सुपर चम्पा, जस्मिन, चम्पा चमेली, चन्दन, लेवेन्डर, अर्पण, त्रेया, पुष्पाञ्जली, त्रिसारा, सयपत्री लगायतका विभिन्न ब्राण्डहरु बजारमा सर्वत्र उपलब्ध छन् ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ६ : ०१ बजे

राष्ट्रपतिद्वारा विभिन्न पाँचवटा विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनबाट पारित

हिंसात्मक र आपराधिक गतिविधिका दोषीलाई कारबाही गर्न जसपा अध्यक्ष यादवको माग

भक्तपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेताहरुद्वारा वरिष्ठ पत्रकार कोइरालालाई श्रद्धान्जली अर्पण

काठमाडौं । वरिष्ठ पत्रकार कमल कोइरालाको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण

राजेन्द्र लिङ्देनले भने – युवापुस्ताले गणतन्त्र उल्ट्याउँछ

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कथा र शब्दजालले अब

तीनकुने घटनामा संलग्न जो सुकै भएपनि कडा कारवाही हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ गते तीनकुनेमा