२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

दसैंमा रगतको अभाव हुन नदिने बुटवलमा रक्तदान



बुटवल । बडा दसैंको उपलक्ष्यमा लायन्स क्लब अफ बुटवल तिलोत्तमा र लायन्स क्लब अफ बुटवल तिलोत्तमा मायादेवीको संयुक्त आयोजनान आइतबार बुटवलमा रक्तदान कार्यक्रम गरिएको छ । रक्त सञ्चार सेवा केन्द्र बुुटवलको प्राविधिक सहयोगमा आयोजना गरिएको उक्त कार्यक्रममा ५३ यूनिट रगत संकलन भएको छ ।

हिन्दुहरुको महान पर्व बडा दसैंको ब्यस्ततामा हुन सक्ने रगत अभावलाई कम गर्न रक्तदान कार्यक्रम आयोजना गरिएको लायन्स क्लब अफ बुटवल तिलोत्तमा कार्यक्रम संयोजक राजन कसजुले जानकारी दिए ।

रक्तदान कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष उपेन्द्रमान श्रेष्ठले रक्त दान जीवन दान भन्ने मूल नाराकासाथ कार्यक्रम आयोजना गरिएको बताए । उनले एक स्वस्थ मानिसका लागि रक्तदान आवश्यक रहेको उल्लेख गरे ।

सो अवसरमा बोल्दै लायन्स क्लब अफ बुटवल तिलोत्तमा मायादेवीकी अध्यक्ष तारा श्रेष्ठले कसैले पनि रगत अभावमा अकालमा ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यलाई सफल पार्न सचेतनाका लागि पनि रक्तदान कार्यक्रम आयोजना गरिएको बताइन ।

क्लबकोतर्फबाट बोल्दै कार्यक्रम संयोजक सुनिता श्रेष्ठले सामाजिक उत्तरदायित्वका लागि कार्यक्रम गरिएको उल्लेख गरिन् ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ७ : ०५ बजे

होटल पौवाको बुटवल शाखामा आज साँझ सराँय नाच प्रस्तुत गरिँदै

बुटवल । नेपालीहरुको विभिन्न चाडपर्वमा परम्पराअनुसारका गतिविधिहरु गर्दै आएको होटल

देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ । बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ र

सङ्क्रमणकालीन न्याय आयोगमा पदाधिकारी छनोट प्रक्रिया विश्वसनीय बनाउन माग

काठमाडौं । जवाफदेहिता निरगानी समितिले सङ्क्रमणकालीन न्याय आयोगमा पदाधिकारी छनोटलाई

सेवा रेमिटको अनुमतिपत्र खारेज

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सेवा रेमिट प्रालिको इजाजतपत्र खारेज