३० आश्विन २०८१, बुधबार | October 16, 2024

हेलिकप्टर प्रयोग गरेर भए पनि राहत वितरणलाई प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन



ललितपुर । गृहमन्त्री रमेश लेखकले खोज, उद्धार र राहत वितरणलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय ललितपुरमा आज बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा उनले हेलिकप्टर प्रयोग गरेर भएपनि राहत वितरण गर्न निर्देशन दिएका हुन् ।

“विपदको समयमा सबै गुनासा र विमतिलाई थाती राखेर सबै मिलेर एककार भएर काम गर्नुपर्छ, ललितपुरमा ४५ जनाको मृत्यु भएको तथ्याङ्क छ र सरकारले दिने रु दुई लाख राहत ३९ जनाले पाउनुभएको छ”, उनले भने, “बाँकी छ जनाले पनि तत्कालै पाउनुहुन्छ, पूर्ण रुपले घर क्षति भएका पाउन योग्य लाभग्राहीको नाम स्थानीय तहबाट तत्कालै पठाउनुस्, प्राधिकरणले नाम प्राप्त गरेको तीन दिनभित्र लाभग्रागीलाई पैसा पठाउँछ ।”

नागरिकले खुला आकास मुनि बस्न नपरोस् भन्नुहुँदै गृहमन्त्री लेखकले नागरिकले प्रमुख जिल्ला अधिकारी आएपछि पानी खान पाउँछु भनेर बस्नुपर्ने अवस्था आउननहुने उनले जिकिर गरे ।

“एकद्वार प्रणालीबाट राहात वितरण गर्ने भनिएपनि स्थानीय तहको जिम्मेवारीमा दिन सकिन्छ, सम्बन्धित पालिकाको समन्वयमा नेपाल प्रहरी र सशस्त्र प्रहरी राखेर राहत व्यवस्थापन गर्न सकिन्छ, तहगत विभाग र विद्युत्, खानेपानी र सञ्चार क्षेत्रमा जिम्मेवारीमा रहेकाहरुले समस्या पहिचान गरेर समन्वय इमानदारीपूर्वक काम गर्नुहोस्”, गृहमन्त्रीले भने।

उनले अहिलेको संविधान कानुनले चार तहको संरचना तय गरेको भन्दै चारवटै विपद् व्यवस्थापनका संयन्त्रहरु जोडिएर मिलेर काम गर्नुपर्छ भन्नेमा जोड दिए।

“विपद्मा सङ्घ, प्रदेश र स्थानीय तह तीन वटै तहको विपद् व्यवस्थापन समिति मिलेर काम गर्नुपर्छ, मानिसको आवागमन खोल्ने कुरा महत्त्वपूर्ण हुन्छ, मानिस बिरामी भएको ठाउँमा चिकित्सक पु¥याउन पनि गाह्रो छ”, उनले भने, “जसरी भएपनि अहिले सडक खुलाउने काम गर्नुस्, जनशक्ति र साधन थपेर भएपछि टीकाभैरबको पुल सञ्चालन ल्याउनुपर्छ”, उनले भने ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले घर पूर्ण क्षति भएकालाई अस्थायी आवास निर्माणका लागि प्रतिघर रु ५० हजार उपलब्ध गराउने व्यवस्था रहेको बताए । उनले तथ्याङ्क उपलब्ध भएको तीन दिनभित्र रकम उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

पूर्वअर्थराज्यमन्त्री एवम् प्रतिनिधिसभा सदस्य उदयशम्शेर राणाले विपद् क्षेत्र घोषणा भएका स्थानीय तहलाई सडक मर्मतमा ध्यान दिन आग्रह गरे । उनले धरापमा भएका घरहरुलाई मर्मतका लागि तत्कालै ध्यान दिन आग्रह गरे ।

ललितपुर क्षेत्र नं २ का सङ्घीय संसद प्रेमबहादुर महर्जनले भौतिक क्षतिको विवरण खोज्न मिहिन ढङ्गले लाग्नुपर्नेमा जोड दिए । उनले मानवीय संवेदना बुझेर काम गर्न राज्यले ध्यान दिनुपर्ने धारणा राखे ।

बागमती प्रदेशका स्वास्थमन्त्री रामेश्वर श्रेष्ठले शुद्ध पिउने पानी र सञ्चार क्षेत्रमा ध्यान दिन आग्रह गरे । उनले राहत वितरणलाई प्रभावकारी बनाउन पनि जोड दिए ।

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगरपालिकाभित्र प्राकृतिक विपद्मा परी छ जनाको मृत्यु भएको जानकारी गराउँदै विपद् व्यवस्थापनमा आवश्यकता अनुसार प्रत्येक वडाले तत्कालै व्यवस्थापन गर्न सक्नेगरी बजेट व्यवस्थापन गरेको बताए ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ५ : ३७ बजे

विपद्पछिको पुनःनिर्माण र पुनःव्यवस्थापनको काम छिट्टै अघि बढ्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढीपहिरो र डुुबानका

खजुरा रेडक्रसको युवा सर्कलमा पत्रकार दाहाल

खजुरा । नेपाल रेडक्रस सोसाइटी बागेश्वरी युवा सर्कल खजुराको अध्यक्षमा

डडेल्धुरा बस दुर्घटना : मृतकको सङ्ख्या ५ पुग्यो, घाइते १२ जनालाई धनगढी ‘रिफर’

डडेल्धुरा । डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्युहुनेको सङ्ख्या पाँच पुगेको

तीजमा महिलालाई साडी दसैंमा बिपन्नलाई मासु चिउरा : भरतपुर-१२ का वडा अध्यक्षको कर्म

चितवन । भरतपुर महानगरपालिका–१२ का अध्यक्ष लेखराज पन्तले आफ्नो वडाका

प्रहरीको समर्पणभाव प्रेरणाको स्रोत : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जनताको सुरक्षा र