२९ आश्विन २०८१, मंगलबार | October 16, 2024

लेबनान र इजरायलका नेपालीको अवस्थाबारे ‘अपडेट’ भइ आवश्यक सहयोग गर्न निर्देशन



काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इजरायल र लेबनानमा रहेका नेपालीहरुको अवस्थाका बारेमा जानकारी लिएर ‘अपडेट’ भइरहन त्यहाँस्थित नेपली दूतावासहरुलाई निर्देशन दिएकी छिन् ।

ती देशमा अवस्थित नेपाली राजदूतहरुसँग आज मन्त्रालयबाट भर्चुअल बैठक गरी उनले इजरायल र लेबनानमा विकसित पछिल्लो परिस्थितिका बारेमा जानकारी लिएकी थिइन ।

सो बैठकमा मन्त्री राणाले पछिल्लो समयमा विशेषगरी लेबनानमा विकसित परिस्थितिका कारण त्यहाँ रहेका नेपालीको अवस्थाबारे नेपालमा चिन्ता बढिरहेकाले उनीहरु र उनीहरुका परिवारको सम्पर्कमा रहेर आवश्यक सहयोग गर्न निर्देशन दिएकी हुन् ।

बैठकमा मन्त्री राणाले भनिन, “कुनै पनि प्रकारले त्यहाँ रहेका सबै नेपालीहरुको सम्पर्कमा पुग्ने प्रयास गर्नु, कोही तत्कालै स्वदेश फर्कनका लागि सहयोग चाहनुहुन्छ भने त्यसका लागि समन्वय गर्नु र यदि त्यहाँबाट नेपाली नागरिकको उद्धार गरेर स्वदेश ल्याउनुपर्ने अवस्था आउनसक्छ भने त्यसका लागि पनि आवश्यक गृहकार्य गर्नु ।”

राणाले सम्बन्धित देशका दूतावासहरुलाई सूचना जारी गरी सम्पर्क व्यक्ति तोक्न र आवश्यकताअनुसारका हेल्पडेस्क स्थापना गरेर समस्यामा परेका नेपालीहरुलाई आवश्यक सहायता र समन्वय प्रदान गर्न निर्देशन दिएकी थिइन ।

इजिप्टका लागि नेपाली राजदूत सुशिल लम्सालले लेबनानको पछिल्लो अवस्थाको जानकारी गराउँदै त्यहाँ रहेका नेपालीहरुलाई अहिले नै त्यस्तो कुनै समस्या नरहेको बताए ।

त्यहाँ हाल करिब एक हजार २०० नेपाली रहेका अनुमान गरिएको र उनीहरुमध्ये अधिकांश घरायसी काममा रहेका जानकारी दिँदै दूतावासले जारी गरेको सूचनाका आधारमा तीन जना मात्र सम्पर्कमा आएको र उनीहरु पनि बेरुतमा सुरक्षित रहेको जानकारी दिएको उनले बताए। हाल कुनै पनि नेपालीले आफूलाई समस्या परेको भनी रिपोर्टिङ नगरेको तर नेपालमा रहेका आफन्तहरु बढी चिन्तित भएको पनि उनले जानकारी दिए ।

त्यसैगरी इजरायलका लागि नेपली कार्यबाहक राजदूत कुमार श्रेष्ठले इजरायलको अवस्था सामान्य रहेको र त्यहाँ रहेका करिब चार हजार ५०० नेपाली सुरक्षित रहनुभएको बताए ।

त्यस्तै पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले इरानको पछिल्लो अवस्थाका बारेमा जानकारी दिएका थिए ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ४ : ११ बजे

पात्रोपिच्छे आश्विन शुक्ल पूर्णिमा व्रत फरक, व्रतालुहरु अन्योलमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो

बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य, खाना पकाउने ग्यासको यथावत

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको

प्रहरी दिवसमा उत्कृष्ट प्रहरी कर्मचारीलाई सम्मान

काठमाडौं । ६९औँ प्रहरी दिवसका अवसरमा आज उत्कृष्ट प्रहरी कर्मचारीलाई

तीन राउण्ड गोली र लोडेड पेस्तोलसहित एकजना पक्राउ

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले लोड गरिएको तीन राउण्ड