१९ आश्विन २०८१, शनिबार | October 5, 2024

विपद्को सामना गर्न क्षमता विस्तारमा कांग्रेस महामन्त्री थापाको जोड



भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विभिन्न विपद्को जोखिमसंग सामना गर्नसक्ने संस्थागत क्षमता स्थापना गर्न आवश्यक रहेको बताएका छन् । नेपाली कांग्रेस मध्यपुरथिमि नगर समितिद्वारा आज आयोजित कार्यक्रममा महामन्त्री थापाले विपत्तिसँग जुध्ने संस्थागत क्षमता विकास गर्न तीनै तहका सरकारको ध्यान जानुपर्ने बताए ।

पटक पटकको विनाशकारी भूकम्प, हालैको बाढीपहिरो र डुबान जस्ता विपद्ले पाठ सिकाएको जनाउँदै उनले भने, “ भनेर प्रकृतिले भनिरहेको छ, प्रकृतिसँग जुधेर होइन मिलेर प्रकृतिको विनाश नगरी विकास गर्नुपर्छ ।” उहाँले सबैले आलोपालो सरकारमा बस्दै आएकाले दोष दिनेभन्दा निकास निकाल्नेबारे अगाडि बढ्नु पर्ने औँल्याए ।

कांग्रेस जिल्ला अध्यक्ष दुर्लथ थापाले विपद्मा सबैले जुटेर काम गर्न र जनताको सेवामा कांग्रेस अगाडि बढ्न आग्रह गरे। कांग्रेस मध्यपुर नगर अध्यक्ष सभापति हरिदास प्रजापतिलगायतले मध्यपुर युवा रक्तदाता स्वयंसेवी मध्यपुरथिमिले ‘म सेवा गर्छु’ भन्ने नाराका साथ बिरामीका लागि तत्काल आवश्यक पर्ने रगत उपलब्ध गराउने दुई सय २० भन्दा बढी सदस्य रहेको बताए। रगत चाहिए रक्तदाता समाजलाई सम्झन पनि उनले आह्वान गरे ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ५ : ०३ बजे

एनआरएनएले आइतबारदेखि बाढीपहिरो पीडितलाई राहत वितरण गर्ने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आइतवार देखि बाढी पहिरो

हुम्लामा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

सिमकोट । हुम्लास्थित ताँजकोट गाउँपालिका–४ को तीर्थसैनामा बोलेरो जीप दुर्घटना

बाढीबाट बागमती सिँचाइ आयोजनामा १० करोडको क्षति

जनकपुरधाम । यही असोज ११ तथा १२ गते आएको बाढीबाट

विपद्को सामना गर्न क्षमता विस्तारमा कांग्रेस महामन्त्री थापाको जोड

भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विभिन्न विपद्को जोखिमसंग

उपनिर्वाचन र २०८४ को निर्वाचनमा माओवादी एक्लै प्रतिष्पर्धामा जान्छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी