१९ आश्विन २०८१, शनिबार | October 5, 2024

८ किलो बढी सुनसहित २ भारतिय नागरिक पक्राउ



हेटौडा । मकवानपुर प्रहरीले ८ किलो बढी सुनसहित २ भारतिय नागरिकलाई पक्राउ गरेको छ । पूर्व–पश्चिम सडकखण्डअन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५, रातोमाटेबाट प्रहरीले आज बिहान ८ किलो बढी सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारतको महाराष्ट्र राज्य सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने वर्ष २५ का अभिषेक अजिनाथ कुटी र महाराष्ट्र राज्य सांगली जिल्ला बस्ने वर्ष २७ का राहुल भिट्टिहाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार आज बिहान ३ बजेको समयमा पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई रोकी जाँच गर्ने क्रममा स्कुटर चालक अभिषेक र स्कुटरमा सवार राहुलको साथबाट आठ वटा बिस्कुटको आकारको (तौल गर्दा आठ किलो २४३ ग्राम ९७) मिलिग्राम सुन बरामद भएको थियो । उनीहरुबाट सुन फेलापरे लगत्तै प्रहरीले दुबैजनालाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट बरामद भएको उक्त परिणामको सुनको मूल्य प्रचलित मूल्य अनुसार रु ११ करोड ४३ लाख ५७ हजार ८७८ रहेको प्रहरीले पत्रकारसम्मेलन मार्फत जानकारी गराएको छ ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ३ : ०६ बजे

टाकुराको १३ औं साधारणसभा सम्पन्न, ८० बर्ष नाघेका शेयर सदस्यलाइ सामाजिक सुरक्षा भत्ता

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका शंकरनगरमा रहेको टाकुरा बचत तथा

८ किलो बढी सुनसहित २ भारतिय नागरिक पक्राउ

हेटौडा । मकवानपुर प्रहरीले ८ किलो बढी सुनसहित २ भारतिय

नेपाल इन्जिनियर्स एसोसिएसन लुम्बिनीको शुभकामना आदानप्रदान सम्पन्न, ‘पेशागत मर्यादा कायम राख्न अनुरोध’

बुटवल । नेपाल इन्जिनियर्स एसोसिएसन स्वागत नेपाल इन्जिनियर्स एसोसियसन लुम्बिनी

विपी राजमार्गको विकल्पमा ‘महाभारत पर्यटन मार्ग आवश्यक : पूर्वमन्त्री श्रेष्ठ

काठमाडौँ । बागमती प्रदेशका सांसद तथा पुर्व आन्तरिक मामिला तथा

पश्चिम नवलपरासीमा १२ करोड लागतमा ट्रमा सेन्टर

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा काठमाडौँ बाहिर पहिलो ट्रमा सेन्टरको