१९ आश्विन २०८१, शनिबार | October 5, 2024

बधशाला बहिस्कार गर्दै बाख्रीको मासु बेच्दै बुटवलमा मासु ब्यवसायी



बुटवल । बुटवल उपमहानगरपालिकाले संचालन गरेको बधशालाको बहिस्कार गरेका बुटवलका मासु ब्यवसायीले पटक पटक बाख्रीको मासु बेच्ने गरेको फेला परेको छ । स्वास्थ्य परीक्षण सहित बधशालामा बध गरिएका मासु बेच्न अस्वीकार गरेका ब्यवसायीका पसलबाट पटक पटक बाख्रीको मासु फेला पर्न थालेपछि उनीहरुको बधशाला बहिस्कारको कारण आशंकाको घेरामा परेको छ ।

बुटवल उपमहानगरपालिकाले आज गरेको अनुगमनका क्रममा बुटवल २ मैनाबगरमा रहेको पुरानो दिलसेर मासु पसलले खसी बोकाको भन्दै बाख्रीको मासु बेचेको भेटिएको छ। बुटवल उपमहानगरपालिकाले बिगत १ हप्तादेखी नियमित मासु पसलमा गरिरहेको अनुगमनकै बेलामा शनिबार बिहान गरिएको अनुगमनमा बुटवल २ मैनाबगरको पुरानो दिलसेर मासु पसलले खसी बोकाको भन्दै बाख्रीको मासु बेचेको फेला परेको हो ।

मासु पसलबाट १० किलो बाख्रीको मासु बरामद गरि नष्ट गरिएको बुटवल उपमहानगरपालिकाका राजस्व शाखा अधिकृत जीवन भट्टराईले जानकारी दिए। उनले मासु पसलका सञ्चालक जमशेरलाइ १० हजार जरिवाना काटेर कार्यालय बोलाईएको बताए। बुटवल वडा नम्बर २, ५ र ६ मा गरिएको अनुगमनमा केही पसल बन्द गरिएको र केहिले खसी बोकाको बध नगरेको भेटिएको उनले बताए।

बुटवल उपमहानगरपालिकाले स्वस्थ र स्वच्छ मासु बिक्रीको लागि भन्दै बधशाला सञ्चालन गर्दै आएको छ। उपमहानगरले खसीबोकाको मासु बधशालामा बध गर्नुपर्ने भन्दै ब्यवसायीलाई आग्रह गर्दै आएपनि ब्यवसायीले बधशाला बहिस्कार गर्दै आएका छन् ।

ब्यवसायीहरु बधशाला नगएपछि बाध्य भएर अनुगमन गर्दै आएको उपमहानगरले जनाएको छ। गत आइतबार मात्र अनुगमनका क्रममा बुटवल(८ स्थित हलाल मासु एण्ड माछा पसल र बुटवल(१० स्थित रेहान मासु पसलमा बाख्रीको मासु बिक्रि भएको फेला परेको थियो । अनुगमन टोली पुग्न साथ हलाल मासु एण्ड माछा पसलका सञ्चालकले झुण्डाएर बिक्रि गरिरहेको बाख्रीको मासु हतार हतार लुकाउने प्रयास गरेका थिए ।

मासु ब्यवसायी संघले भने पटके जरिवानाले बाख्रीको मासुको ब्यापार बन्द नहुने जनाउँदै एक पटकमा कम्तीमा ३ महिना त्यस्ता पसलहरु बन्द गर्ने हिम्मत उपमहानगरले राख्नुपर्ने बताउँदै आएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  १२ : २३ बजे

८ किलो बढी सुनसहित २ भारतिय नागरिक पक्राउ

हेटौडा । मकवानपुर प्रहरीले ८ किलो बढी सुनसहित २ भारतिय

नेपाल इन्जिनियर्स एसोसिएसन लुम्बिनीको शुभकामना आदानप्रदान सम्पन्न, ‘पेशागत मर्यादा कायम राख्न अनुरोध’

बुटवल । नेपाल इन्जिनियर्स एसोसिएसन स्वागत नेपाल इन्जिनियर्स एसोसियसन लुम्बिनी

विपी राजमार्गको विकल्पमा ‘महाभारत पर्यटन मार्ग आवश्यक : पूर्वमन्त्री श्रेष्ठ

काठमाडौँ । बागमती प्रदेशका सांसद तथा पुर्व आन्तरिक मामिला तथा

पश्चिम नवलपरासीमा १२ करोड लागतमा ट्रमा सेन्टर

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा काठमाडौँ बाहिर पहिलो ट्रमा सेन्टरको

नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु

नाइजेरिया । यस वर्षको जनवरी देखि सेप्टेम्बरको बीचमा दक्षिणपश्चिमी राज्य