१९ आश्विन २०८१, शनिबार | October 5, 2024

पहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई घरमै पुगेर सहयोग



धादिङ । एक साताअघिको बाढी र पहिरोमा परी ज्यान गुमाएका तीन जनाको परिवारलाई घरमै पुगेर राहत उपलब्ध गराइएको छ ।

पानी परिरहेका बेला शरीर भिज्नबाट जोगिन ओडारमुनि ओत लागेका बेला ओडार नै खस्दा पुरिएका धादिङको बेनीघाट रोराङ गाउँपालिका– ६ का जनता भनिने श्यामकुमार चेपाङ र शन्तबहादुर चेपाङ र घरमा आएको पहिरो सोर्ने क्रममा पहिरोले पुरिएर ज्यान गुमाएका थाक्रे गाउँपालिका– ६ का कान्छा राईको परिवारलाई उनीहरुको घरमा नै पुगेर राहत उपलब्ध गराइएको हो ।

जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालसहितको टोलीले मृतक तीनै जनाको घरमा पुगेर परिवारलाई रु दुई लाखका दरले राहत रकम वितरण गरिएको हो । सरकारले तय गरेको स्वीकृत मापदण्डका आधारमा मृतकको परिवारलाई राहत रकम वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

“राहत रकमको सदुपयोग होस् भनेर पालिकाको रोहवरमा वितरण गरेका छौँ । यो राहत रकमले थोरै भए पनि आफन्तको घाउमा मलमको काम गर्ने अपेक्षा गरेका छौँ”, उनले भने ।

त्यस्तै, निरन्तरको वर्षासँगै गाउँकै खोलामा आएको भलले बगाएर ज्यान गुमाएकी गजुरी गाउँपालिका–८ की छ वर्षीया युना तामाङको परिवारलाई वितरण गरिने राहत रकम प्रक्रियामा रहेको अर्यालले जानकारी दिए । कागजात जुटाउने तथा प्रक्रियामा रहेकाले केही दिनमै युनाको परिवारलाई पनि राहत रकम वितरण गरिने उनको भनाइ छ ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ११ : ५१ बजे

बैकुण्ठधामप्रति बाँकेबासीले अपनत्व लिन सक्ने गरी समन्वय र सहकार्य गर्न आवश्यक : वाचन प्रविण पोखरेल

नेपालगन्ज । वाचन प्रविण पण्डित दिनबन्धु पोखरेलले बैकुण्ठधाम आध्यात्मिक महोत्सवप्रति

चाडपर्व लक्षित खाद्य पदार्थको निरीक्षण तथा अनुगमन

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ उपत्यकामा

मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा…..

लमजुङ । मदिराले मातेका एक बाबुले आफ्नो छोरालाई हँसियाले प्रहार

बधशाला बहिस्कार गर्दै बाख्रीको मासु बेच्दै बुटवलमा मासु ब्यवसायी

बुटवल । बुटवल उपमहानगरपालिकाले संचालन गरेको बधशालाको बहिस्कार गरेका बुटवलका

पहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई घरमै पुगेर सहयोग

धादिङ । एक साताअघिको बाढी र पहिरोमा परी ज्यान गुमाएका