१९ आश्विन २०८१, शनिबार | October 5, 2024

खजुरामा योग समिति नेपालको ३२ औं शाखा



नेपालगन्ज । बाँकेको नेपालगन्जबाट सुरु भएको नेपाल योग समितिको ३२ औं शाखा खजुरामा विस्तार गरिएको छ । ‘स्वस्थ रहौं, मस्त रहौं’ भन्ने मुल नारालाई अङ्गिकार गर्दै योग गुरु गिरीराज भट्टराईको अग्रसरतामा गठन भएको योग समितिको ३२ औं शाखा खजुरामा विस्तार गरिएको हो ।

आज एक कार्यक्रमकाबीच शिबिर सहितको शाखाको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिक तुफानले उदघाटन गरे । उदघाटनको अवसरमा बोल्दै उनले योगलाई बिज्ञानसँग जोडेर अगाडी बढ्न योग अभियन्ताहरुलाई आग्रह गरे । योगको महत्वका बारेमा नागरिक स्तरमा चेतना बढ्दै गएको उल्लेख गर्दै स्वास्थ जीवनका लागि योग बरदान साबित हुने विश्वास ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले नेपाल योग समितिले चालेको स्वयम सेवाको कदमको प्रशंसा गरिन् । उनले स्थानीय सरकार योग अभियन्तासँग मिलेर जान इच्छुक रहेको बताईन् ।

योग गुरु गिरीराज भट्टराईले जिल्लामा सयौं योद्धाहरु सेवा भावमा परिचालित भएको जनाउँदै योग समितिको एउटै उद्देश्य सबैलाई स्वस्थ र मस्त जीवन बिताउने ज्ञान बाँड्नु रहेको बताए । उनले निशुल्क संचालन हुने योग शिबिरबाट लाभ लिन खजुराबासीमा आग्रह गरे ।

कार्यक्रममा लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिवराज श्रेष्ठ, खजुराका शैक्षिक अगुवा माधव शर्मालगायतले योग शिबिरले सार्थकता पाउनु पर्ने भन्दै सफलताको शुभकामना दिएका थिए ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  ८ : ३७ बजे

नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ एक अर्ब ६० करोड

काठमाडौँ । विश्व बैङ्कसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र

बाढीपीडित किसानको गुनासो – स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन

सप्तरी । सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका-१ कोशी ब्यारेजका भीमराज मण्डलले

बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु

काठमाडौँ । अघिल्लो साता आएको बाढीपहिरोमा परी हालसम्म दुई सय

आज नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

काठमाडौं । बडादशैँ एवं नवरात्रको तेस्रो दिन आज दशैँ घर

आजको मौसम : कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । देशको