८ पुस २०८१, सोमबार | December 23, 2024

इजरायलमाथि इरानको मिसाइल हमलापछि बढ्यो कच्चा तेलको मूल्य



काठमाडौँ । इरानले इजरायलमा मिसाइल हमला गरेपछि कच्चा तेलको मूल्य बढेको छ ।

यो हमलापछि मध्यपूर्वमा थप द्वन्द्वको डर बढेको छ । इरान र इजरायलको युद्ध चर्किएमा तेल आपूर्ति पनि प्रभावित हुन सक्ने विश्लेषण गरिएको छ ।

ब्रेन्ट कच्चा तेलको मूल्यको लागि अन्तर्राष्ट्रिय बेन्चमार्क हो । मंगलबारदेखि आजसम्म अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मुल्य ६ प्रतिशतले बढिसकेको छ । अहिले कच्चा तेलको मुल्य प्रति ब्यारेल ७४.४० डलर पुगेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

अमेरिकी ऊर्जा सूचना प्रशासनका अनुसार इरान विश्वको सातौं ठूलो तेल उत्पादक देश हो । यो तेल उत्पादक देशहरूको समूह ओपेक (तेल निर्यात गर्ने देशहरूको संगठन) को तेस्रो ठूलो सदस्य पनि हो ।

यस क्षेत्रमा कुनै पनि प्रकारको सैन्य द्वन्द्वले स्ट्रेट अफ हर्मुज हुँदै व्यापारलाई असर गर्न सक्ने व्यापारीहरूबीच चिन्ता बढेको छ ।

स्ट्रेट अफ हर्मुज ओमान र इरानको बीचमा अवस्थित छ । यो अन्तर्राष्ट्रिय तेल व्यापारको लागि महत्त्वपूर्ण छ र विश्वको तेल व्यापारको २० प्रतिशत यहाँबाट हुन्छ । ओपेकका अन्य सदस्य राष्ट्रहरू साउदी अरेबिया, युएई, कुवेत र इराकले पनि तेल निर्यातका लागि यही मार्ग प्रयोग गर्छन्।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  १० : ५९ बजे

फूलचोकी जङ्गलमा हराएका १३ जना प्रहरी सम्पर्कमा

ललितपुर । फूलचोकी जङ्गलमा हराएका १३ जना प्रहरी सम्पर्कमा पुगेको

निजामती कर्मचारी अस्पतालमा परम्परागत चिनियाँ चिकित्सा सेवा सुरु

काठमाडौँ । निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) ले परम्परागत चिनियाँ

स्वास्थ्यकर्मीहरूको मागको सम्बोधन गर्न अधिकारकर्मीहरुको आह्वान

नेपालगन्ज । लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड नेपालगञ्ज मेडिकल कलेजका

‘किसुनजीको बाटो अनुसरण गर्नुपर्ने’

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सन्त नेता

बुटवलको औद्योगिक व्यापार मेलामा भाँगोको तेलमा दर्शकको आकर्षण

बुटवल । बुटवल मण्डपमा सञ्चालित औद्योगिक व्यापार मेलामा भाँगोको तेल