१५ आश्विन २०८१, मंगलबार | October 1, 2024

नेपालले आज क्यानडाको सामना गर्दै



काठमाडौं । नेपालले आज त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज क्यानडाको सामना गर्दै छ ।  क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९ः४५ बजेदेखि शुरु हुने छ ।

यस सिरिजमा अहिलेसम्म नेपाल, क्यानडा र ओमानले २-२ खेलमा एक एक जित र एक एक हार बेहोरेका छन् ।

नेपाल र क्यानडाबीच अहिलेसम्म केवल २ टी-२० खेल भएको छ , जसमा नेपालले एक र क्यानडाले एक खेल जितेको छ । यस सिरिजमा नेपालले अर्को खेल बुधबार ओमानसँग खेल्ने तालिका छ ।

क्यानले क्यानडा टूरमा रोहितकुमार पौडेलको कप्तानीमा सोमबार १६ सदस्यीय टोली क्यानडा पठाएको छ । नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजबंशी र देव खनाल रहेका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ९ : ५७ बजे

अखिल क्रान्तिकारीले उमेर हदको विवाद मतदानबाट टुंगाउदै

काठमाडौँ । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियु क्रान्तिकारीले उमेर

परराष्ट्रमन्त्री डा राणा र एमसिसीका प्रमुख कार्यकारीबीच भेटवार्ता

अमेरिका । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र अमेरिकी निकाय

हवाई उडानमा नयाँ रेकर्ड कायम : सोमबार भए साढे पाँच सय उडान

काठमाडौं । सङ्घीय राजधानी काठमाडौँ भित्रने र बाहिरिने सडकमार्ग अवरुद्ध

नेपालले आज क्यानडाको सामना गर्दै

काठमाडौं । नेपालले आज त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज क्यानडाको

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक आज बस्दैछ