२ बैशाख २०८२, मंगलबार | April 15, 2025

१६ महिनापछि पक्राउ परेका नगरप्रमुख नेपालीलाई अदालत पेस



बागलुङ । बचत रकम अपचलन गरेको आरोपमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका नगरप्रमुख तथा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई आज जिल्ला अदालत बागलुङमा पेस गरिएको छ ।

१६ महिनादेखि फरार नेपालीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले शनिबार भारतबाट पक्राउ गरी नेपाल ल्याएको थियो । नेपालीलाई काठमाडौँबाट आइतबार बागलुङ ल्याइएको हो । उनलाई म्याद थप गरी आजै बयान लिइने जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी सुनिल शर्मा चिलवालले जानकारी दिए ।

चिलवालका अनुसार उनलाई आज जिल्ला अदालत बागलुङ पेस गरिएको छ । नेपालीलाई खोज्न गत माघमा ‘रेड कर्नर नोटिस’ जारी भएको थियो । नेपाल प्रहरीले भारतस्थित नेपाली दूतावासमार्फत समन्वय गरेर उनलाई नेपाल ल्याइएको हो ।

सहकारी ठगीमा अध्यक्ष नेपालीसहित सञ्चालक विरुद्ध कास्कीका पाँच सय २४ र बागलुङका एक हजार पाँच सय ४३ बचतकर्ताले गत वर्षको जेठमै उजुरी दिएका थिए । देवकुमार बागलुङ आएसँगै बचतकर्ताले रकम फिर्ता पाउने आशा गरेका छन् । नगरप्रमुख नेपालीले बागलुङ र पोखराका गरी दुई अर्ब ५० करोड बढी बचत रकम अपचलन गरेको आरोप छ ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  १० : २३ बजे

कक्षा १२ को परीक्षाका कुनैपनि काममा सहभागी नहुन शिक्षक तथा कर्मचारीलाई महासंघको अपिल

काठमाडौं । नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने

चलचित्र छायाङ्कनको ‘हब’ बन्दै मुस्ताङ

मुस्ताङ । पछिल्लो समय बेनी-जोमसोम-कोरला सडकमा आवतजावत गर्न सहज भएसँगै

ढोरपाटन-गुर्जा पदमार्गमा काठे पुल निर्माण

म्याग्दी । ढोरपाटन सिकार आरक्षको गुर्जाघाट र म्याग्दीको धवलागिरि गाउँपालिका–१

मुस्ताङका पालिकालाई अपाङ्गतासम्बन्धी सहायता सामग्री हस्तान्तरण

मुस्ताङ । मुस्ताङका पालिकालाई अपाङ्गतासम्बन्धी सहायता सामग्री हस्तान्तरण गरिएको छ

अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा

काठमाडौं । सरकारी निकायका कार्यरत अस्थायी, करार कर्मचारी अब सामाजिक