१४ आश्विन २०८१, सोमबार | September 30, 2024

तीन दिन राष्ट्रिय शोक घोषणा



काठमाडौँ । सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । बाढी पहिरो र डुबानबाट दुई सयभन्दा धेरैको मृत्यु भएपछि सरकारले राष्ट्रिय शोकको घोषणा गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोकको घोषणा गर्दै तीन दिन राष्ट्रिय झन्डा झुकाउने निर्णय गरेको प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले बैठकपछि जानकारी दिए ।

त्यस्तै सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा १ अर्ब जम्मा गर्ने निर्णय गरेको छ । बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब तथा सेवा सुविधा कोषमा जम्मा गर्ने निर्णय पनि भएको प्रवक्ता गुरुङले जानकारी दिए । त्यस्तै बैठकले अवरुद्ध भएका सडक तत्काल सञ्चालन गर्नका लागि पहल गर्ने, महंगी तथा कालोबजारी नियन्त्रणमा कडाई गर्ने निर्णय गरेको उनले बताए ।

असोज १० गतेदेखि भएको बर्षाका कारण आएको बाढी र पहिरोले अहिलेसम्म २०९ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ९ : ३६ बजे

१६ महिनापछि पक्राउ परेका नगरप्रमुख नेपालीलाई अदालत पेस

बागलुङ । बचत रकम अपचलन गरेको आरोपमा पक्राउ परेका ढोरपाटन

तीन दिन राष्ट्रिय शोक घोषणा

काठमाडौँ । सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ

धादिङको मलेखुमा सुख्खा पहिरो: पृथ्वी राजमार्ग पूर्णरुपमा अवरुद्ध

काठमाडौँ । पृथ्वी राजमार्ग पहिरोले पूर्णरुपमा अवरुद्ध भएको छ ।

दुर्गा प्रसाईविरुद्ध दुई वटा साइबर अपराधको मुद्दा दर्ता

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईविरुद्ध साइबर अपराध गरेको आरोपमा

दाउन्नेमा सडक भासियो, पूर्व-पश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध

नवलपरासी । पूर्व-पश्चिम राजमार्गअर्न्तगत पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएको छ