१४ आश्विन २०८१, सोमबार | September 30, 2024

बुटवलका मासु पसलहरुलाई बधशाला जान बाध्यपार्दै उपमहानगर, जान नमाने पसल ‘शिल’ गरिने



बुटवल । रुपन्देहीको बुटवलमा यत्रतत्र पुशबध गर्ने परिपाटीको अन्त्य गर्न भन्दै बुटवल उपमहानगरले ऐन बनाएर प्रतिबन्ध लगाएको १ वर्ष पुग्दासम्म ऐन कार्यान्वयन हुन नसकेपछि उपमहानगरले बजार क्षेत्रको पशुबधलाई बन्द गराउन प्रक्रिया अगाडी बढाएको छ । ऐनको बर्खिलाफ बजार क्षेत्रमा पशुबध गर्ने मासु व्यवसायीलाई जरिवाना बढाउँदै सिलबन्दी गर्नेसम्मको प्रक्रियामा उपमहानगरले कारवाही थालेको हो ।

उपमहानगर क्षेत्रमा ब्यवस्थित पशु बधशालाको स्वास्थ मासु मात्र बिक्री गर्न पाउने गरि उपमहानगरपालिकाले ऐन बनाएर अघिल्लो वर्षदेखि लागु गरेपनि मासु व्यवसायीहरुले कार्यान्वयन गर्न नमानेपछि उपमहानगरले मासु पसलहरूलाई कडाइ गर्न थालेको छ ।

सोमबार पहिलो चरणमा अनुगमन गर्दा जरिवाना गराएपनि अटेर गरेका ६ वटा मासु पसललाई आज दोस्रो चरणको कारवाही स्वरुप जनही २५ हजारका दरले जरिवाना गराइएको छ ।

विभिन्न सातवटा मासु पसलको अनुगमन गर्दा आफूखुसी काटेर बिक्री गरेको पाइएपछि ३ दिन अघि मात्र १०-१० हजार रुपैयां जरिवाना गरिएको थियो । तर उक्त जरिवाना उपमहानगरपालिकालाई नबुझाएको र पशु बधशालाबाट पशु बध नगरेपछि दोस्रो पटक व्यवसायीलाई जनही २५/२५ हजारका दरले जरिवाना गराइएको बुटवल उपमहानगरपालिका राजश्व शाखाका अनिल माण्डवीले बताए ।

स्वच्छ मासु मात्रै बिक्रीका लागि पटक-पटक आग्रह गर्दासमेत अटेरी गरेपछि जरिवाना गरिएको र पुन अटेर गरे अब ५० हजार जरिवाना गरिने र त्यसपछि पनि अटेर गरेमा मासुपसलमा शिल गरिने उनले बताए ।

सोमबार बुटवल उपमहानगरपालिकाको अनुगमन टोली, नेपाल प्रहरी, पत्रकार सहितको टोलीले बुटवल गोलपार्कको राउत मिट सप, स्याङजा मासु पसल, न्यू पहाडि मासु पसल सुख्खानगर, पहाडि मासु पसल देवसिद्ध चोक, न्यू पहाडिया मासु पसल बुटवल मजुवा र सुपा देउराली मासु पसललाई जनही २५ हजारका दरले जरिवाना गरेको हो ।

बुटवल उपमहानगर बुटवलवासीको स्वास्थ्यप्रति विशेष संवेदनशील रहेको बताउंदै बधशालामा बध गरिएको मासु मात्रै बिक्री-वितरण गर्न र वध गरिएको मासु मात्रै उपभोग गर्न आग्रह गरेको छ ।

बुटवलका मासु व्यवसायीले भने एउटा ब्यवसायिक कम्पनीलाई एकाधिकार दिलाउन उपमहानगरले मासुमा ‘सेण्डिकेट’ लगाउन थालेको आरोप लगाएका छन् । बधशालाको ठेकेदारले ब्यवसायीको खसीबोका काटिदिएको प्रति एकको एकहजार लिँदा उपभोक्तालाई मासु महङ्गो पर्नजाने तर्क गर्दै उनीहरुले पशुबधको मापदण्ड बनाएर ब्यवसायीलाई पनि मापदण्डभित्र रहेर बधशाला संचालन गर्न दिनुपर्ने माग गर्दै आएका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ४ : १२ बजे

एसिया प्यासिफिक आइसीटी अलायन्स अवार्डको तयारीमा टुना टेक्नोलोजी

बुटवल । मोफसलमा सबैभन्दा ठूलो आईटी कम्पनीको रुपमा स्थापित बुटवलको

प्रस्तावित प्रधानन्यायाधीश राउतको संसदीय सुनुवाइ बुधबार हुने

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित न्यायाधीश प्रकाशमानसिंह राउतको सङ्घीय

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा

ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका