१३ आश्विन २०८१, आइतबार | September 29, 2024

माओवादी केन्द्रले बाढीपहिरोको क्षतिबारे तथ्यांक संकलन गर्न हेल्प डेस्क राख्ने



काठमाडौ। नेकपा (माओवादी केन्द्र)ले बाढीपहिरोको क्षतिसम्बन्धी स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न केन्द्रीय कार्यालयमा हेल्प डेक्स राख्ने भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा आज साँझ बसेको केन्द्रीय पदाधिकारी बैठकले सो निर्णय गरेको हो।

बैठकले मौसम पूर्वानुमान अनुसार बाढीपहिरो र त्यसबाट हुनसक्ने क्षतिको आङ्कलन हँदाहुँदै सरकारले जोखिम पहिचान र पूर्वतयारीमा ध्यान नदिदा जनधनको क्षति बढ्न पुगेको निष्कर्ष निकालेको छ ।

बैठकले पार्टी सदस्य र निर्वाचित जनप्रतिनिधिहरूले राहत कोषमा आर्थिक जम्मा गर्ने र पार्टीपंक्तिलाई राहत पुनर्निर्माणमा केन्द्रित गर्ने निर्णय गरेको छ ।

त्यस्तै दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणका लागि आवाज उठाउने लगायतका निर्णय पनि बैठकले गरेको छ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ७ : ३१ बजे

झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो

धादिङ । काठमाडौँ र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेँसी नगरपालिका–९

ओमानविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत ओमानविरुद्ध पहिला ब्याटिंग

प्रधानमन्त्री ओली स्वदेश फर्किदै, अमेरिकाबाट कतार प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा

कलेज अफ मेडिकल साइन्स र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौ । चितवनको कलेज अफ मेडिकल साइन्स र प्रभु बैँक