१३ आश्विन २०८१, आइतबार | September 29, 2024

बाढीले काबेली करिडोर प्रसारण लाइनका चारवटा टावरमा क्षति, १८५ मेगावाट विद्युत उत्पादन बन्द



काठमाडौँ। इलामको माई नदीमा आएको बाढीले काबेली करिडोर १३२ केभी प्रसारण लाइनका ४ वटा टावरमा क्षति पुर्याएको छ ।

बाढीले प्रसारण लाइनमा क्षति पुर्याएपछि ताप्लेजुङ, पाँचथर र इलाममा सञ्चालनमा रहेका आयोजनाहरुको करिब १८५ मेगावाट विद्युत् उत्पादन बन्द भएको छ ।

टावर ढल्नुभन्दा अगाडि उक्त लाइनबाट दैनिक रुपमा १८०–१८५ मेगावाटसम्म विद्युत् प्रवाह भइरहेको थियो ।
काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको गोदकबाट झापाको दमकसम्मको खण्डमा पर्ने ५०,५१,५२ र ५३ नम्बर टावरलाई माई नदीको बाढीले क्षति पुर्याएको छ । उक्त स्थानबाट प्रसारण लाइनलाई माई नदी पार गराएको थियो । उक्त स्थानमा प्रसारण लाइनको स्पान साढे सात सय मिटर रहेको छ ।

चारवटा टावरमध्ये बाढीले ५१ र ५२ नम्बर टावरलाई पूर्ण रुपमा क्षति पुर्याएको छ । यी दुईवटा टावर ढलेका छन् । ५० र ५३ नम्बर टावरमा आंशिक क्षति पुगेको छ । ५० नम्बर टावरको टुप्पोको संरचनामा क्षति पुगेको छ । ५३ नम्बर टावरको क्रस आर्म र टुप्पोको संरचनामा क्षति पुगेको हो ।

नेपाल विद्युत प्राधिकरणको दुहवी ग्रीड महाशाखाको टोलीले आइतबार उक्त स्थानको निरीक्षण गरी क्षतिको जानकारी लिएको छ । महाशाखाका प्रमुख रोशन खड्काले बाढीले नदीमा रहेको ५१ नम्बर टावरलाई पहिले हानेको र उक्त टावर ढलेपछि तार तानिएर ५०, ५२ तथा ५३ नम्बर टावरलाई क्षति पुगेको बताए । प्रमुख खड्काले काठमाडौंबाट सिभिल इन्जिनियर तथा भूगर्भविद् सम्मिलित विज्ञसमूह तथा पाँचथरमा रहेको सर्वे टोली सोमबारसम्ममा फिल्डमा पुग्ने र अवलोकनपश्चात प्रसारण लाइन पुनर्निर्माणका लागि आवश्यक सुझाव दिने बताए ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ५ : ४९ बजे

हवाई टिकटको अधिकतम मूल्य नलिने सङ्घको निर्णय

काठमाडौं । बिपत्तिको समयमा यात्रुलाई महङ्गो हवाई भाडा लिएको भनी

हवाई भाडा दर नियन्त्रण गर्न राज्य व्यवस्था समितिको निर्देशन

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिले अस्वभाविक रुपमा हवाई

माओवादी केन्द्रले बाढीपहिरोको क्षतिबारे तथ्यांक संकलन गर्न हेल्प डेस्क राख्ने

काठमाडौ। नेकपा (माओवादी केन्द्र)ले बाढीपहिरोको क्षतिसम्बन्धी स्थानीय तह र प्रदेशबाट

रास्वपाको प्रथम महाधिवेसन चितवनमा हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम महाधिवेशन चितवनमा गर्ने भएको

बाढीपहिरो र डुबानमा परी देशभर एक सय ४८ जनाको मृत्यु, ५५ बेपत्ता

काठमाडौँ । बाढीपहिरो र डुबानमा परी हालसम्म देशभर एक सय