१३ आश्विन २०८१, आइतबार | September 29, 2024

झ्याप्ले खोलाले बगायो दिपेश र दिपिकाको सपना…



बुटवल । देशकै धेरै विद्यालय अध्ययनरत बुटवलस्थित कालिका मानवज्ञान माविका ‘टप’ विद्यार्थी दिपेश भट्टराई र दिपिका भट्टराईको नेसनल एस्ट्रोनोमी ओलम्पियार-२०२४ मा भाग लिन काठमाडौं पुग्ने सपना बाटो मै बाढीसँगै बगेको छ ।

यहीँ असोज १७ गते काठमाडौंमा नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनामा हुने नेसनल एस्ट्रोनोमी ओलम्पियार-२०२४ मा भाग लिन आमा सीता भट्टराईसँगै बुटवल राजमार्ग चौराहाबाट काठमाडोंको गन्तब्य समाएका दिपेश र दिपिकाको सपना धादिङको झ्याप्ले खोलाको लेदोसँगै बगेर गएको हो । उनीहरु शुक्रबार बुटवलको राजमार्ग चौराहाबाट काठमाडौंको लागि माइक्रो बस (विंगर) चढेका थिए ।

वर्षाका कारण देशभर क्षति गर्ने समाचार सुन्दै काठमाडौंका यात्रा तय गरका उनीहरु चढेको गाडी शनिबार धादिङको झयाप्ले खोलामा लेदोसहित आएको पहिरोमा पुरियो । १५ वर्षका दीपेश र दिपिका र ४० वर्षकी उनको आमा सीतासहित बुटवलबाट गएका १४ बढी यात्रु त्यहीँ सधैंसधैंका लागि अस्ताए ।

चौराहा काउन्टरका लक्ष्मण कार्कीसँग लु १ ज ४५७८ नम्बरको माइक्रोको टिकट काटेर उनीहरुले काठमाडौंको यात्रा तय गरेका थिए । बिद्यालयमा हरेक गतिविधि ‘सक्रिय’ दिपेश र दिपिका जुम्लाहा दाजुबहिनी हुन् । आफैले अनलाइनबाट फारम भरेका दाजुबहिनी नैं अन्तर्राष्ट्रिय स्तरको इन्टरनेशलन ‘कन्फ्रेन्स’ मा छनौट समेत भएका थिए । कक्षा १० मा अध्ययनरत उनीहरू आउँदो एसईई परीक्षाको तयारीसँगै स्ट्रोनोमिकल सोसाइटीको पहिलो चरणमा छनौट भएर दोस्रो चरणको लागि बंगलादेश जाने कार्यक्रम पनि तय भइसकेको थियो ।

बंगलादेशमा आयोजना हुने उक्त कन्फ्रेन्समा ३२ देशका ‘स्टुडेन्ट’ हरू सहभागी हुने बताइएको थियो । ओलम्पियारमा पनि जाने उनीहरूको सोचमा विद्यालयले समर्थन गरेसँगै उनीहरुको बंगलादेशको यात्रा करिव पक्का भइसकेको थियो । स्याङजाको गल्याङ नगरपालिका वडा नम्बर-३ स्थायी घर भएका दिपेश दिपिका बुटवल उपमहानगरपालिका योगिकुटीमा बस्दै आएका थिए ।

दिपेश र दिपिका आफैले कन्फेन्समा ‘फर्म’ भएर छनौट भएको कालिका मानवज्ञान माविका प्राचार्य दिनेश थापाले बताए । १७ गते हुने कार्यक्रमका लागि उनीहरु ११ गते नै ‘कक्षा शिक्षकसँग विदा मागेर काठमाडौं हिँडेको उनले बताए । कक्षा ४ बाट कालिका स्कूलमा पढेका दिपेश दिपिका आउँदो परीक्षामा ४ जिपिए अंक ल्याउने विद्यार्थीमा विद्यालयले आँकलन गरेको समेत प्रअ थापाले बताए । कार्यक्रममा छनौट भएपछि सहयोगका लागि आमा सीता स्कूलमा आएपछि विद्यालयले केही आर्थिक सहयोग गरेर पठाएको थापाले बताए । दिपेश दिपिकाको मृत्युको खबरले कालिका स्कुल ठूलो पीडामा रहेको थापाले भने ।

दिपेश-दिपिकाका बाबु होमनाथ भट्टराई विगत ५ वर्षदेखि दक्षिण कोरियामा मजुदरी गर्दै आएका छन् । श्रीमती र छोराछोरी बुटवलबाट यात्रा तय गरेपछि उनीसँग कुराकानी भएको थियो । तर, होमनाथ कामबाट फर्किंदा गाडी पुरिएको खबर पुग्यो ।

सीताका मामा नगेन्द्रराज पाण्डेले भट्टराई परिवार ठुलो बाढीपहिरोको विपत्तीमा परेको बताए । पाण्डेका अनुसार दिपेश-दिपिकाका बाबु होमनाथ आइतबारसम्म नेपाल आइपुग्दैछन् । ‘शव लिन काठमाडौं जानसक्ने अवस्था पनि छैन, हवाइजहाज पनि चलेका छैनन् ।’ उनले भने ।

शुक्रबार बुटवलबाट छुटेको सो गाडीमा सवार दिपेश-दिपिकालगायत गाडी चालकसहित १४ बढीले सोही पहिरोमा परी ज्यान गुमाएका छन् । पहिरोमा पुरिएकामध्ये दिपेश र सीताको पहिचान भइसकेको छ । दिपिकाको भने यो समाचार लेख्दासम्म अवस्था पहिचान भइसकेको छैन ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले बुटवलले ठूलो मानवीय क्षति व्यहोर्न परेको बताए ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ४ : ०१ बजे

रास्वपाको प्रथम महाधिवेसन चितवनमा हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम महाधिवेशन चितवनमा गर्ने भएको

बाढीपहिरो र डुबानमा परी देशभर एक सय ४८ जनाको मृत्यु, ५५ बेपत्ता

काठमाडौँ । बाढीपहिरो र डुबानमा परी हालसम्म देशभर एक सय

बाढीले काबेली करिडोर प्रसारण लाइनका चारवटा टावरमा क्षति, १८५ मेगावाट विद्युत उत्पादन बन्द

काठमाडौँ। इलामको माई नदीमा आएको बाढीले काबेली करिडोर १३२ केभी

सबैपक्षको एकीकृत प्रयासमा उद्धार, राहत र पुनर्स्थापनाको काम गर्ने सर्वदलीय बैठकको निर्णय

काठमाडौं । प्राकृतिक विपत्तिको सामना गर्न सरकारले बोलाएको सर्वदलीय बैठकले

माओवादी केन्द्रको एसिया संगठन समितिद्वारा बाढीपीडितलाई पाँच लाख सहयोग

काठमाडौँ । नेकपा माओवादी केन्द्र एसिया संगठन समितिले बाढीपहिरो पीडितका