१३ आश्विन २०८१, आइतबार | September 29, 2024

झ्याप्लेखोलामा पुरिएको अवस्थामा अर्को एक बस भेटियो



धादिङ । पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले पुरिएको अवस्थामा अर्को एक बस भेटिएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पहिरो उत्खनन गर्दा अर्को बस भेटिएको हो । प्रहरीले अहिलेसम्म २ शव समेत फेला परेको बताएको छ ।

अहिले पुरिएको अवस्थामा रहेको बसको केहि भाग मात्र देखिएकोले कस्तो बस हो भन्ने बारेमा केहि बेरपछि जानकारी हुने भएको छ । यो बसको नम्वर प्लेट पनि भेटिएको छैन ।

शुक्रबार गोरखाबाट काठमाडौँका लागि हिडेको यात्रु बस र शुक्रबार नै चितवनबाट काठमाडौँका लागि हिडेको माइक्रो बस सहिलेसंम सम्पर्कविहिन भएको बताइएको छ ।

बस र माइक्रोको खोजी जारी रहेको र झयाप्ले खोलामा सवारी साधन पुरिएको अवस्थामा भेटिएकाले यहि पहिरोमा परेको हुनसक्ने आशंका गरिएको छ ।

 

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ९ : ५३ बजे

एमालेको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कार्यालयको आकस्मिक बैठक बोलाएको छ

बुटवलमा अघिअघि उपमहानगरको अनुगमन, पछिपछि खुलेआम बाख्रीको मासुको ब्यापार

बुटवल । चाडपर्वलाई लक्षित गर्दै बुटवल उपमहानगरले बजार अनुगमनलाई तिब्र

काभ्रेको रोशीमा फसेकाको उद्धारार्थ हेलिकप्टर परिचालन

काभ्रेपलाञ्चोक । बिहीबारदेखिको अविरल वर्षाका कारण बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी

विपद् प्रतिकार्यमा एकजुट भएर लाग्न अध्यक्ष प्रच्ण्डको आह्वान

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढी

मौसम अनुकूल भएसँगै हवाई सेवा सञ्चालन

काठमाडौँ । मौसमअनुकूल भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य आठ