१३ आश्विन २०८१, आइतबार | September 29, 2024

कपिलधामको अवलोकनमा मुख्यमन्त्री आचार्य, चालू वर्षमा ४० लाख बजेट



कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कपिलवस्तुमा रहेको कपिल आरोग्य मन्दिर कपिलधामको अवलोकन गरेका छन । महर्षी कपिलको पावन तपोभूमिको रुपमा रहेको बाणगंगा नगरपालिका-९ मा अवस्थित कपिल धामको आइतबार अवलोकन गरेका हुन ।

यो धामलाइ प्रदेशको गौरवको आयोजनाको रुपमा अगाडि बढाउन सरकारले ध्यान दिने मुख्यमन्त्री आचार्यले प्रतिबद्धता व्यक्त गरे । कपिल धामले लुम्बिनी प्रदेशको धार्मिक, सांस्कृतिक, र पर्यटकीय महत्त्वलाई अझ उजागर गर्ने विश्वास लिएका छन ।

प्रदेश सरकारले पुरातात्त्विक र धार्मिक सम्पदाको संरक्षणका लागि विशेष योजना तयार गरी कार्यान्वयन गर्ने, प्रदेशका धरोहरहरूको दीर्घकालीन अस्तित्व सुनिश्चित गर्नेगरी सरकारले काम गर्ने बताए । ञलुम्बिनी प्रदेशलाइ धार्मिक पर्यटनको केन्द्र बनाउनेगरी सरकारले योजना अघि बढाएको छझ मुख्यमन्त्री आचार्यले भने,- ‘सरकारले यो धामको विकासको लागि ४० लाख बजेट बिनियोजन गरेको छ । यस्ता पुरातात्त्विक सम्पदाको संरक्षण, सम्बर्द्धन, प्रबर्द्धन गर्न ध्यान दिएका छौं ।’

महर्षि कपिलको पावन तपोभूमि, धार्मिक पौराणिक एवम् ऐतिहाँसिक स्थल कपिलधाम स्थापना भएको थियो । यस क्षेत्रमा योग, ध्यान, सत्संग, जडिबुट, गौशाला, गुरुकुलम्, प्राकृतिक चिकित्सालय, पुस्तकालय, साहित्य बाल उद्यान सञ्चालनको योजना छ । वैदिक संस्कृत विद्यापीठ गुरुकुलमको लागि शैक्षिक अनुदान, कक्षा कोठा भवन र छात्रावास भवन निर्माण गर्न सरकारले सहयोग गर्नुपर्ने माग राखिएको छ । धामका अध्यक्ष शंकरप्रसाद आचार्यले मुख्यमन्त्री आचार्यलाइ माग पत्र समेत बुझाएका छन  ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ९ : ४६ बजे

एमालेको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कार्यालयको आकस्मिक बैठक बोलाएको छ

बुटवलमा अघिअघि उपमहानगरको अनुगमन, पछिपछि खुलेआम बाख्रीको मासुको ब्यापार

बुटवल । चाडपर्वलाई लक्षित गर्दै बुटवल उपमहानगरले बजार अनुगमनलाई तिब्र

काभ्रेको रोशीमा फसेकाको उद्धारार्थ हेलिकप्टर परिचालन

काभ्रेपलाञ्चोक । बिहीबारदेखिको अविरल वर्षाका कारण बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी

विपद् प्रतिकार्यमा एकजुट भएर लाग्न अध्यक्ष प्रच्ण्डको आह्वान

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढी

मौसम अनुकूल भएसँगै हवाई सेवा सञ्चालन

काठमाडौँ । मौसमअनुकूल भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य आठ