१२ आश्विन २०८१, शनिबार | September 28, 2024

वर्षाजन्य विपदबाट देशभर ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता



काठमाडौं । तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर अहिले साँझसम्म ६६ जनाको मृत्यु भएकोछ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले दिएको जानकारी अनुसार साँझ ५ बजेसम्ममा देशभर गरेर ६६ जनाको मृत्यु भएको र अन्य ७९ जना बेपत्ता भएका छन् । हालम्म विपद्मा परेर ३५ जना घाइते भएका सशस्त्र प्रहरीका प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिए ।

उनका अनुसार उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ । काठमाडौंमा ११, भक्तपुरमा ५ र ललितपुरमा १८ जनाको मृत्यु भएको हो । यस्तै पाँचथरमा ५, धनकुटामा २, सोलुखुम्बुमा २, सुनसरीमा १, काभ्रेमा १४, धादिङमा १, सिन्धुपाल्चोकमा ४, दोलखामा ३ जनाको मृत्यु भएको छ ।

ललितपुरमा १५, काभ्रेमा २६, काठमाडौंमा ६, मकवानपुरमा ७, दोलखामा ३, झापामा ४, पाँचथरमा ५, सिन्धुपाल्चोकमा ५ जना तथा अन्य जिल्लासहित गरेर ७९ जना बेपत्ता रहेका पनि उनले बताए । अहिलेसम्म २ हजार बढीको उद्धार गरिएको छ । दुई सयभन्दा बढी घर क्षति भएको पनि जनाइएको छ ।

नेपाल प्रहरीका सहप्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले सुरक्षा निकाय तथा उद्धारमा संलग्न सङ्घसंस्थाको सहकार्यमा अहिले पनि उद्धार जारी रहेको जानकारी दिए । उनका अनुसार नेपाल प्रहरीबाट १० हजार बढी सुरक्षाकर्मी उद्धारमा परिचालन गरिएको छ । सोही हाराहारीमा सशस्त्र प्रहरीले पनि टोली परिचालन गरेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ६ : ३७ बजे

तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको स्थानीय तहलाई अनुरोध

काठमाडौँ । सरकारले तीन दिन विद्यालय बन्द गर्न सवै स्थानीय

एन्फा एकेडेमीका ६ वटै बालकको शव भेटियो

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका -३ स्थित वल्सलादेवी माविमा अध्ययनरत

कोशी ब्यारेजमा पानीको सतह बढ्दै, आकस्मिक बाहेकका सवारी साधनलाई रोक

सुनसरी । सप्तकोशी नदीको जलसतह बढेसँगै कोशी ब्यारेजका सबै ५६

नारायणगढ-मुग्लिङ-नागढुङ्गा सडकखण्डमा सवारी सञ्चालनमा पूर्ण रोक

चितवन । नारायणगढ-मुग्लिङ-नागढुङ्गा सडकखण्डमा सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ

वर्षाजन्य विपदबाट देशभर ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता

काठमाडौं । तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र