१२ आश्विन २०८१, शनिबार | September 28, 2024

सरकारको निर्णय : विपदमा परेका घाइतेको नि:शुल्क उपचार, अवरुद्ध सडक अबिलम्ब खोल्ने



काठमाडौं । सरकारले भारी वर्षाको कारण विपद्‍मा परेर घाइते भएकाहरूको निशुल्क उपचार गर्ने निर्णय गरेको छ ।

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको आपतकालीन समन्वयात्मक बैठकले घाइतेहरुको शीघ्र र निशुल्क उपचारको व्यवस्था मिलाउने निर्णय गरेको हो । यस्तै, मृतकका परिवारलाई राहत दिने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले बाढीपहिरोका कारण अवरुद्ध भएका सडकहरू अविलम्बन खोल्न भौतिक पूर्वाधार मन्त्रालयले पहल गर्ने निर्णय गरेको गरेको छ ।
अहिले क्षतिको मूल्यांकन भैरहेको भन्दै सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले भने ‘उद्धारको लागि सरकारको सबै संयन्त्रले काम गरिरहेको छ । राहत र उद्धारको लागि लाग्न हामीले सम्बन्धित सबै मन्त्रालयलाई भनेका छौँ । हामीले क्षतिको मूल्यांकन गरेका छौँ । सरकारले क्षतिपूर्ति दिन्छ ।’

बैठकले अहिले सञ्चालन भइरहेका सबै तहका परीक्षा केही समय स्थगन गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ५ : १६ बजे

नारायणगढ-मुग्लिङ-नागढुङ्गा सडकखण्डमा सवारी सञ्चालनमा पूर्ण रोक

चितवन । नारायणगढ-मुग्लिङ-नागढुङ्गा सडकखण्डमा सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ

वर्षाजन्य विपदबाट देशभर ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता

काठमाडौं । तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र

सूचनाको हकको लागि राष्ट्रिय महासंघको लुम्बिनी प्रदेश अध्यक्षमा हेमन्त कर्माचार्य

लमही । सूचनाको हकका लागि राष्ट्रिय महासंघको लुम्बिनी प्रदेश स्तरिय

बाढीपहिरोबाट भएको धनजनको क्षतिप्रति राष्ट्रपतिको चिन्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगातार परेको भीषण वर्षाका कारण

जारी परीक्षा स्थगित गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले वर्षाका कारण बाढी, डुबान र पहिरोका कारण