१२ आश्विन २०८१, शनिबार | September 28, 2024

बाढीपहिरो : ललितपुरमा १८ जनाको मृत्यु



ललितपुर । वर्षाजन्य विपद्मा ललितपुरमा हालसम्म १८ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले दिएको जानकारी अनुसार विपत्तीको उद्धारका क्रममा फेला परेका ती शवलाई आनन्दवन अस्पताल, चापागाँउ र पाटन अस्पताल लगखेलमा राखिएका छन् ।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी सार्वजनिक तथ्याङ्कअनुसार अनुसार खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्रप्रहरी बलपरिचालित भएका छन् ।

जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयालले दिनुभएको जानकारी अनुसार हालसम्म महाङ्काल गाउँपालिका–३ गोटिखेलमा चार, वडा नं २ मानिखेलमा दुई जना बेपत्ता भएका छन् । प्रहरी उपरीक्षक अधिकारीले दिएको जानकारी अनुसार सानेपा, नख्खु हार्मोनी कोलोनी, नखिपोट, बुङ्ममती, चापागाँउ, यूएन पार्क र इमाडोललगायतको क्षेत्रबाट चार सय १६ जनालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ३ : ५८ बजे

अन्तर्राष्ट्रिय थाहा दिवस २०२४ दाङको देउखुरीमा प्रभातफेरि गरेर मनाइयो

दाङ । थाहा पाउने अधिकारका लागि वा सूचना पाउने अधिकारका

सरकारको निर्णय : विपदमा परेका घाइतेको नि:शुल्क उपचार, अवरुद्ध सडक अबिलम्ब खोल्ने

काठमाडौं । सरकारले भारी वर्षाको कारण विपद्‍मा परेर घाइते भएकाहरूको

एन्फा एकेडेमीका ६ खेलाडी पहिरोमा परे, तिन जनाको शव भेटियो

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मकवानपुरमा संचालन

सरकार र समुदाय मिलेर स्वास्थ्य क्षेत्र सुधार्छौं : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकार र समुदाय