१२ आश्विन २०८१, शनिबार | September 28, 2024

बाढीले बगाएको बुलेटबाट ग्याँस लिक भएर सकियो, नजिक अग्निजन्य पदार्थ प्रयोग नगर्नु- आयल निगम



काठमाडौँ । नेपाल आयल निगमले हनुमन्ते खोलाले बगाएको बुलेटबाट ग्याँस लिक भएर सकिएको जानकारी दिएको छ ।

च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय नजिक अड्किएको अवस्थामा रहेको सो ग्याँस बुलेटमा ग्याँस लिक भएर सकिएको भएपनि नजिक नजान निगमले आग्रह गरेको छ । निगमले उक्त ग्याँस बुलेट सो स्थानबाट नहटाएसम्म नजिक नजान र अग्निजन्य पदार्थ प्रयोग नगरिदिन आग्रह गरेको छ ।

सो ग्याँस बुलेट भ्याली अटो ग्याँस प्रालिमा रहेको अवस्थामा बगाएको जानकारी दिएको छ ।

शनिबार बिहान  सो ग्याँस बुलेटलाई बाढीले बगाएपछि ग्याँस चुहिँदै बुलेट बगेको देखिएपछि स्थानीयहरु त्रसित बनेका थिए ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ३ : ४९ बजे

अन्तर्राष्ट्रिय थाहा दिवस २०२४ दाङको देउखुरीमा प्रभातफेरि गरेर मनाइयो

दाङ । थाहा पाउने अधिकारका लागि वा सूचना पाउने अधिकारका

सरकारको निर्णय : विपदमा परेका घाइतेको नि:शुल्क उपचार, अवरुद्ध सडक अबिलम्ब खोल्ने

काठमाडौं । सरकारले भारी वर्षाको कारण विपद्‍मा परेर घाइते भएकाहरूको

एन्फा एकेडेमीका ६ खेलाडी पहिरोमा परे, तिन जनाको शव भेटियो

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मकवानपुरमा संचालन

सरकार र समुदाय मिलेर स्वास्थ्य क्षेत्र सुधार्छौं : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकार र समुदाय