१९ चैत्र २०८१, मंगलबार | April 1, 2025

टुना टेक्नोलोजीले जित्यो ‘नास आइटी अवार्ड-२०२४’



बुटवल । बुटवलमा स्थापित आईटी कम्पनी टुना टेक्नोलोजीले यस वर्षको नास आइटी अवार्ड २०२४ जित्न सफल भएको छ ।

देशभरबाट विभिन्न विधामा गरिएको प्रतिस्पर्धामा टुना टेक्नोलोजी विजेता बन्न सफल भएको हो । नास आइटी अवार्डको निर्णायक मण्डलमा नेपाल लगायत विदेशी विज्ञहरू पनि रहेका थिए ।

यो अवार्ड जितेसँगै अब टुना टेक्नोलोजी एशिया प्यासिफिक आइसीटी अलायन्स (Asia Pacific ICT Alliance –APICTA) अवार्डमा सहभागी हुन पाउने भएको छ । सो अवार्डका लागि यस क्षेत्रका १७ वटा देशले प्रतिस्पर्धा गर्नेछन् । उक्त कार्यक्रम डिसेम्बरमा ब्रुनाईमा हुनेछ ।

टुनाले केही महिना अघिमात्र भारतको ठुलो आइ टी कम्पनी (Frappe Technology –ERPNext)सँग नेपालको लागि एक मात्र आधिकारिक साझेदारी सम्झौता भइ काम सुरु गरिसकेको छ । यही अक्टुबर ३ र ४ गते बम्बईमा हुने कम्पनीको विश्व सम्मेलनमा पनि टुना टेक्नोलोजीबाट प्रमुख कार्यकारी अधिकृत लगायतको टिम सहभागी हुने कम्पनीले जनाएको छ ।

कम्पनीमा अन्तराष्ट्रिय अनुभव प्राप्त सिटीओ लगायतको टेक्निकल टिमले उत्पादन क्षेत्रलाई लक्षित गरेर Complete ERP, होटल म्यानेजमेन्ट सोलुसन, रेष्टुरेन्ट म्यानेजमेन्ट, कृषि एप, लगाएतका उत्पादन तथा प्रविधि सोलुसनको क्षेत्रमा काम गर्दै आएको छ ।

कम्पनीले गत वर्ष मात्र नेपालकै प्रतिस्ठित र प्रविधि तर्फको ठूलो तथा महत्त्वपूर्ण आइसिटी अवार्ड Start Up Provincial Award – 2023 प्राप्त गर्न सफल भएको थियो ।

टुना टेक्नोलोजी २०७८ सालमा बुटवलमा यहाँका युवा व्यवसायीहरु मिलेर खोलेको एक मात्र व्यवस्थित आइटी कम्पनी हो । छोटो समयमै उत्कृष्ट काम गर्दै आएको कम्पनीले भर्खरै मात्र काठमाडौँमा पनि आपनो सेवा विस्तार गरेको छ भने अन्तर्राष्ट्रिय रूपमा अस्ट्रेलियाबाट पनि आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

बुटवलका सफल व्यवसायी गणेशचन्द्र पोखरेल अध्यक्ष रहेको यो कम्पनीको नेतृत्व लामो समय बैकिङ क्षेत्रमा अनुभव प्राप्त गरेका राजिव गौतमले गरेका छन् । गौतम टुनाका प्रमुख कार्यकारी अधिकृत हुन् । कम्पनीमा हाल करीब ४० जनाले रोजगारी पाएका छन् ।

 

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ११ : ५२ बजे

राजदूत पौडेलद्वारा ओहदाको प्रमाणपत्र पेस

लिस्बन । पोर्चुगलका लागि नवनियुक्त नेपाली राजदूत प्रकाशमणि पौडेलले राष्ट्रपति

अन्नपूर्ण आधार शिविरमा पुग्न थाले आरोही

म्याग्दी । अन्नपूर्ण हिमाल आरोहणका लागि आरोहीहरू आधार शिविरमा पुग्न

पाटेबाघलाई निकुञ्जमा छाडियो

कञ्चनपुर । बेलौरी नगरपालिका-२ टेंढुवा गाउँबाट नियन्त्रणमा लिइएको बयस्क भाले

प्रधानमन्त्री ओली आज थाइल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार दिउँसो थाइल्याण्डको औपचारिक

नारायणगढ-बुटवल सडक : पूर्वी खण्डमा कालोपत्र

नवलपरासी । नारायणगढ-बुटवल सडक निर्माण योजनाको पूर्वी खण्डमा ५० किलोमिटर