१२ आश्विन २०८१, शनिबार | September 28, 2024

३१ वर्षपछि कुलेखानी ड्याम भरियो



काठमाडौं । अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि शनिबार बिहान ५:४० बजे ड्यामको ढोका खोलिएको छ । कुलेखानीको ड्याम ३१ वर्षपछि जलाशय भरिएर खोलिएको हो । यसअघि २०५० सालमा ढोका खोलिएको थियो ।

नेपाल विद्युत् प्राधिकरणको व्याकअपको रुपमा रहेको जलाशय शनिबार बिहान भरिएको थियो । जलाशयको भन्डारण गर्ने क्षमता एक हजार ५ सय ३० मिटर रहेको छ । अझ जलाशयमा क्षमता भन्दा बढी ३५ सेन्टिमिटर पानी संकलन गरिएको थियो । गत वर्ष कुलेखानी जलाशयमा एक हजार ५२६ मिटरमात्र पानी संकलन भएको थियो ।

कुलेखानी जलाशय भरिएको अवस्थामा पानी खपत गर्न कुलेखानीका तीन वटै विद्युत् गृह सञ्चालन गरिएको छ। कुलेखानी जलविद्युत् आयोजनाबाट १०६ मेगावाट विद्युत् उत्पादन हुन्छ । कुलेखानी ड्याम भरिएकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सर्तक अपनाउन मकवानपुर प्रशासन कार्यालयले शुक्रबार बेलुका नै सूचना जारी गर्दै अनुरोध गरेको थियो ।

कुलेखानी जलाशयमा एक हजार ४८३ मिटर पानीको सतह अन्तिम विन्दु हो । एक हजार ४८३ मिटरसम्म पानीको सतह झरेपछि विद्युत् उत्पादन गर्न सकिँदैन ।

मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकाका दामन,पालुङ, वज्रवराही, चित्लाङ एवं इन्द्रसरोवर गाउँपालिकाको मार्खु र फाखेल जलाशयको जलाधार क्षेत्र हुन् ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ७ : २७ बजे

काठमाडौँका करिडोर तथा केही मुख्य सडकमा आवागमन प्रभावित

काठमाडौँ । लगातारको वर्षाका कारण काठमाडौँ उपत्यकास्थित नदी आसपासका सडक

प्राकृतिक प्रकोपबारे छलफल गर्न गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले बाढी पहिरो सहितका प्राकृतिक प्रकोपमा

बुटवलको तिनकुनेस्थित फुटपाथमा रहेको सडकबत्तीको पोलमा करेन्ट लागेर साँढेको मृत्यु

बुटवल । सडक बत्तीको पोलमा करेन्ट लागेर बुटवलमा छाडा चौपायाले

बाढीपहिरोमा परी छ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा

गोरुसिंगे सन्धिखर्क सडक पहिरोले अवरुद्ध

बुटवल । गोरुसिंगे सन्धिखर्क सडक पहिरोले अवरुद्ध भएको छ ।