१२ आश्विन २०८१, शनिबार | September 28, 2024

पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध



दमौली । दुई दिनदेखि परेको निरन्तर वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवा खण्ड अवरुद्ध भएको छ । आज बिहान १ः४५ बजे गएको पहिराका कारण घाँसीकुवा डुम्रे खण्ड अवरुद्ध भएको स्थानीय सुदीप गफारले जानकारी दिए ।

उनका अनुसार शुक्रबार राति ११ः४५ बजेदेखि लेदो खसेर पहिराको जोखिम बढेको थियो । झरी परिरहेपछि १ः३० बजे सडक पहिराका कारण अवरुद्ध भएको छ । उक्त ठाउँमा गत भदौ ५ गते डाँडै खस्दा राजमार्ग अवरुद्ध भएको थियो । सोही ठाउँ पानी परेपछि जोखिममा रहने गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले अविरल वर्षाका कारण बाढी, पहिराजस्ता अप्रिय घटना सिर्जना भई धनजनको क्षति हुन सक्ने भएकाले सुरक्षित रहन आग्रह गरेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ६ : ५७ बजे

त्रिकोणात्मक टी-२० सिरिज : आज नेपाल र क्यानडा खेल्दै

काठमाडौं । नेपालले आज त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज क्यानडाको

वर्षा नरोकिएपछि आन्तरिक उडान अझै बन्द

काठमाडौं । लगातारको वर्षापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान

काभ्रेको थुम्कीमा पहिरोले गाउँ नै बगायो, चार जना बेपत्ता

काभ्रे । काभ्रेको बल्थलीस्थित थुम्कीमा पहिरोले गाउँ नै बगाएको छ

३१ वर्षपछि कुलेखानी ड्याम भरियो

काठमाडौं । अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि शनिबार बिहान

नारायणगढ-मुग्लिन सडकको ९ किलोमा सडक भाँसियो

चितवन । नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत ९ किलोमा सडक भाँसिएको