११ आश्विन २०८१, शुक्रबार | September 27, 2024

झापामा भारी वर्षा, सम्भावित क्षतिबाट जोगिन स्थानीय प्रशासन तयारी अवस्थामा



झापा । झापामा गए रातिदेखिको अविरल वर्षाले नदी तथा खोलामा पानीको जलसतह बढ्न थालेको छ । अत्यधिक वर्षा भएपछि स्थानीय प्रशासन सम्भावित क्षति हुनबाट बचाउन तयारी अवस्था रहेको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले बताए ।

उनका अनुसार नदी, खोला किनार तथा डुबान हुने स्थानमा निगरानी तथा सतर्कता अपनाइएको छ । “पानी निरन्तर परिरहेको छ”, उनले भने, “कन्काई, विरिङ, रतुवा, मेचीलगायतका नदीमा पानीको सतह बढदै गएको छ ।”

वडादेखि पालिकासम्मका जनप्रतिनिधि नेतृत्वको विपत् प्रतिकार्य टोलीसमेत तयारी अवस्थामा रहेको सहायक प्रजिअ नेपालले बताए ।

यसैबीच कचनकवल गाउँपालिका-२ स्थित अमरखुट्टा खोला तर्ने क्रममा आज दिउँसो प्र १-०२-००५ प ६९७८ नम्बर प्लेट भएको मोटरसाइकल खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एंव प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । उनका अनुसार मोटरसाइकल चालक सोही ठाउँ बस्ने वर्ष २७ का रवीन भट्टराई भने सकुशल छन् ।

वर्षाले उडान अवरुद्ध

झापाको चन्द्रगढी विमानस्थलमा गए रातिदेखिको अविरल वर्षाका कारण हवाई उडान प्रभावित भएको छ । आज कुनै पनि उडान तथा अवतरण नभएको विमानस्थलका सूचना अधिकारी वीरेन्द्र भट्टराईले जानकारी दिए ।

आज दिउँसो केही समयका लागि विमानस्थल खुले पनि फेरि बन्द भएको उनले बताए । विमानस्थल मौसम विभागका अनुसार पछिल्लो २४ घण्टामा विमानस्थलमा तीन सय दुई दशमलव ४ मिलिमिटर वर्षा भएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ६ : ४५ बजे

श्रीलंकन पूर्व राष्ट्रपति गोटावायलाई लुम्बिनीमा स्वागत

लुम्बिनी । श्रीलंकाका पूर्व राष्ट्रपति गोटावाया राजापाक्षलाई लुम्बिनी विकास कोषले

एमाले नेतृ बराल भन्छिन्- प्रविधिको दुरुपयोग गरेर चरित्र हत्या गरियो, कानुनी निष्कर्षको प्रतिक्षामा छु

काठमाडौं । नेकपा एमालेकी सचेतक सुनिता बरालले प्रविधिको दुरुपयोग गरेर

मौसम प्रतिकूल भएपछि भोलि बिहानसम्मका सबै आन्तरिक उडान स्थगित

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसममा आएको खराबीका

प्राकृतिक विपत्तिको समयमा जनसेवामा जुट्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगातारको

लुम्बिनी विकास कोषको नियतमाथि प्रश्न उठाउँदै निर्माण व्यवसायीहरुद्वारा चरणबद्ध आन्दोलनको घोषणा

बुटवल । लुम्बिनी विकास कोषको नियतमाथि प्रश्न उठाउँदै निर्माण व्यवसायीहरुले