११ आश्विन २०८१, शुक्रबार | September 27, 2024

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निओ रेमिट तथा युनाईटेड रेमिट बीच रेमिटान्स भुक्तानी गर्ने सम्झौता



काठमाडौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निओ मनि ट्रान्सफर प्रा.लि.(नियो रेमिट) तथा युनाईटेड रेमिट प्रा.लि बीच यस्तो सम्झौता भएको छ ।

सम्झौतामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका तर्फबाट विभागीय प्रमुख ऋषिराम ढकाल र निओ मनि ट्रान्सफर प्रा.लि.(नियो रेमिट) का प्रमुख कार्यकारी अधिकृत सागर खनाल र युनाईटेड रेमिटका तर्फबाट सुदनसिंह सिलवालले हस्ताक्षर गरेका हुन् ।

बिश्वका जुनसुकै देशहरुमा रहेका आफन्तहरुले निओ रेमिट तथा युनाईटेड रेमिटबाट पठाएको वैदेशिक रेमिटान्स अब राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ७७ जिल्लामा रहेका २९४ वटा शाखा कार्यालयहरुबाट भुक्तानी हुने भएको छ ।
दूर दराजमा रहेका ग्राहकहरुले पनि यो सुबिधा प्राप्त गर्न सक्नेछन । साथै उक्त रेमिटबाट सोझै खातामा जम्मा हुने गरी पठाएको रकम पनि भुक्तानी प्राप्तकर्ताको खातामा जम्मा हुनेछ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ३ : १६ बजे

मुग्लिङ-काठमाडौँ सडक खण्डमा एक दर्जनभन्दा बढी स्थानमा पहिरो

काठमाडौँ । शुक्रबार बिहानै देखि परेको बर्षाका कारण मुग्लिङ-काठमाडौँ सडक

सहकारी ठगीमा फरार ढोरपाटनका मेयर नेपाली दिल्लीबाट पक्राउ

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका फरार मेयर देवकुमार नेपाली पक्राउ

नेपाललाई शान्तिको गन्तव्य मुलुक बनाउनुपर्छ : पर्यटनमन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाललाई