११ आश्विन २०८१, शुक्रबार | September 27, 2024

प्रधानमन्त्री ओली र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले आज चिनियाँ विदेशमन्त्री वाङसँग राष्ट्रसङ्घको मुख्यालयमा भेटवार्ता गरेका हुन् ।

भेटका अवसरमा प्रधानमन्त्री ओलीले नेपाल-चीन द्विपक्षीय सम्बन्धको बारेमा छलफल गरेको र शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित बलियो, समय-परीक्षण मित्रतालाई पुन: पुष्टि गरेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

भेटका अवसरमा परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी थिए ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ९ : ४६ बजे

लुम्बिनीमा पर्यटकलाई स्वागत गरी मनाइयो पर्यटन दिवस

लुम्बिनी । विश्व पर्यटन दिवसमा अवसरमा शुक्रबार बुद्धजन्मस्थल लुम्बिनीमा पर्यटकलाई

बैंकहरूले रिजर्भमा राख्नुपर्ने रकम घटाएर ऋण प्रवाहलाई बढावा दिँदै चीन

बेइजिङ । चीनले शुक्रबार बैंकहरूले रिजर्भमा राख्नुपर्ने राशिमा कटौती गर्दै

मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छ : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अहिले मानवता इतिहासकै सबैभन्दा कठिन

पहिरोले भीमफेदी-कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ कौरास्थित भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने

रास्वपाले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पत्रकार सम्मेलन