आगामी अक्टोबर १ मा चीन जनवादी गणतन्त्रको स्थापना भएको ७५औँ वार्षिकोत्सव मनाउन गइरहेको छ । यस अवसरलाई विशेष बनाउन बेइजिङ शहरलाई रंगीन फूलमालाहरूले सजाइएको छ, जहाँ तियानआनमेन स्वायरमा थरीथरी फूलका विशाल टोकरी राखिएको छ र चाङ’अन एभेन्यूमा फूलहरूको बगैंचाले स्वागतको तयारी गरिएको छ । बालबालिकाहरूको उन्मत्त हाँसोले वातावरणलाई झनै रमाइलो बनाएको छ भने वयस्कहरूले क्यामेरामा ती सुनौलो पलहरू कैद गर्दै आफ्नो मातृभूमिप्रति हार्दिक शुभकामना व्यक्त गरिरहेका छन् ।
पछिल्ला ७५ वर्षमा, चीनले आफूलाई एक गरिब र पछौटे देशबाट मध्यम समृद्ध समाजको रूपमा रूपान्तरण गरेको छ । आज, चीन विश्वका प्रमुख आर्थिक शक्तिहरूमध्ये एक हो र विश्वको सबैभन्दा ठूलो निर्माण, व्यापार र विदेशी विनिमय सञ्चितिको देश हो ।
पछिल्ला ७५ वर्षमा, चीनको जीडीपी सन् १९५२ मा ६७.९ अर्ब युआन (९.६७ अर्ब डलर) बाट २०२३ मा १२६ ट्रिलियन युआन पुगेको छ, जसले विश्व अर्थतन्त्रको लगभग १७ प्रतिशत ओगटेको छ । राष्ट्रिय आर्थिक उत्पादन २२३ गुणाले बढेको छ भने प्रतिव्यक्ति जीडीपी १९५२ मा ११९ युआनबाट २०२३ मा ८९,००० युआन भन्दा बढी भएको छ ।
पछिल्ला ७५ वर्षमा, चीनको कूटनीतिक सम्बन्धहरूको दायरा पनि बढेको छ । सेप्टेम्बरसम्म १८३ देशहरूसँग सम्बन्ध स्थापित भइसकेका छन्, जसले विश्व स्थिरतामा महत्वपूर्ण योगदान पुर्याएको छ । सेप्टेम्बरमा, चीन र अफ्रिकी नेताहरूले बेइजिङमा २०२४ को चीन–अफ्रिका सहयोग मञ्च (FOCAC) शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न गरे, जसमा चीन–अफ्रिका साझेदारीलाई नयाँ युगमा कसरी अघि बढाउने योजनाहरू तय गरियो । आगामी महिनाहरूमा चीन र ग्लोबल साउथका सदस्य राष्ट्रहरूबीच थप कार्यक्रमहरू हुने अपेक्षा गरिएको छ, जसले विकास र अन्य विश्वव्यापी चुनौतीहरू समाधान गर्नेछ ।
जसरी चीनले क्रमशः विकास गरिरहेको छ, त्यस्तै “शक्तिशाली राष्ट्रले अनिवार्य रूपमा प्रभुत्व खोज्छ” भन्ने बहस पनि उठेको छ । यस बहसले तथाकथित “चिनिया खतरा” सिद्धान्तलाई जन्म दिएको छ, जसले भन्छ कि कुनै पनि देश बलियो हुँदा, यसको मागहरू अनिवार्य रूपमा बढ्छन् र त्यसले बाहिरी देशहरूमा प्रभुत्व जमाउँदै अत्यधिक फाइदा लिन खोज्छ । यस्तो तर्कले केही पश्चिमी शक्तिहरूको गतिविधिलाई स्पष्ट पार्न सक्छ, तर चीनले के पश्चिमी देशहरूजस्तै “शक्तिशाली राष्ट्रले प्रभुत्व खोज्छ“ भन्ने बाटो अनुसरण गर्नेछ ?
शान्ति र स्थिरताप्रतिको दृढ प्रतिबद्धता
यस वर्षको जुनमा शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरूको ७०औँ वार्षिकोत्सवको अवसरमा आयोजित सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङले भनेका थिए, “चीनको शान्तिपूर्ण विकासको बाटोमा अघि बढ्ने संकल्प परिवर्तन हुने छैन । हामी कहिल्यै उपनिवेशिक लुटमारको बाटो लिने छैनौं, न त बलियो हुँदा प्रभुत्व खोज्ने गलत बाटो लिनेछौं । हामी सधैं शान्तिपूर्ण विकासको सहि बाटोमा अडिग रहनेछौं ।”
‘चीनले अन्य केही ठूला शक्तिहरूजस्तै प्रभुत्व खोज्छ भन्नेहरुले जे भनिरहेका छन्, उनीहरूले या त चीनको इतिहास र सभ्यता थोरै बुझेका छन्, वा आफ्नो लाजमर्दाे कदमहरू चीनमाथि प्रक्षेपण गरिरहेका छन्’, बेइजिङस्थित रेनमिन विश्वविद्यालयका प्राध्यापक वाङ यीवेई भन्छन् ।
चिनियाँ सभ्यता यसको विशिष्ट निरन्तरता, समावेशिता र खुलापनद्वारा विशेष छ ।
प्राचीनकालदेखि नै चीनले मेलमिलापको महत्व र अरूप्रति दयालु हुनुपर्ने सिद्धान्तलाई पालन गरेको छ । चिनियाँ राष्ट्रले सधैं कूटनीतिक संलग्नता र व्यापारलाई प्राथमिकता दिएको छ, आक्रमण र विस्तारलाई होइन । प्राध्यापक वाङ यीवेईले भन्छन्, ‘मिंग वंशका नाविक झेङ हेले शक्तिशाली बेडाहरू प्रशान्त महासागर र हिन्द महासागर पार गरेका थिए, तर उनले कुनै भूमि कब्जा नगरी, बरु उनले भ्रमण गरेका देशहरूसँग मैत्रीपूर्ण सम्बन्ध स्थापित गरेका थिए ।’
वैश्विक स्थिरताको संरक्षक शक्ति
पछिल्ला ७५ वर्षको विकासले चीनको राष्ट्रिय शक्ति उल्लेखनीय रूपमा वृद्धि गरेको छ, जसले चीनलाई विश्व सुरक्षाको लागि एक अपरिहार्य आधारस्तम्भ बनाएको छ, विश्लेषकहरूले बताएका छन् ।
सन् २००८ देखि, चिनियाँ जनमुक्ति सेनाले एडनको खाडी र सोमालियाको पानीमा ४६ वटा एस्कर्ट कार्य समूहहरू पठाएको छ, जसले करिब ७,३०० चिनियाँ र विदेशी जहाजहरूलाई सुरक्षा दिएको छ र आतंकवाद विरोधी, समुद्री डकैती विरोधी, संयुक्त खोज तथा उद्धार, साथै उद्धार कार्यहरू जस्ता विविध कार्यहरू सम्पन्न गरेका छन् ।
त्यसका साथै, चीनले संयुक्त राष्ट्र संघको शान्ति स्थापना कार्यहरूमा पनि सक्रिय रूपमा भाग लिएको छ । चीन संयुक्त राष्ट्र शान्ति स्थापना मूल्याङ्कन र नियमित बजेटको मुख्य योगदानकर्ता हो, साथै संयुक्त राष्ट्र सुरक्षा परिषद्को स्थायी सदस्यहरूमध्ये सबैभन्दा ठूलो सैन्य बल योगदान गर्ने देश हो ।
पछिल्ला केही वर्षहरूमा, जनमुक्ति सेनाले संयुक्त राष्ट्र चार्टरका उद्देश्य र सिद्धान्तहरूलाई इमानदारीपूर्वक कार्यान्वयन गर्दै आएको छ । शान्ति स्थापनाको लागि तयारी गरिएको ८ हजार जनाको बलियो बल निर्माण गरेको छ, र ५० हजार भन्दा बढी शान्ति स्थापना सैनिकहरूलाई २० भन्दा बढी देश र क्षेत्रमा पठाएको छ । मे २०२४ सम्म १७ सय भन्दा बढी जनमुक्ति सेना शान्ति स्थापना सैनिकहरूले दक्षिण सुडान, लेबनान र अबेइ क्षेत्रलगायत ६ मिशन क्षेत्रमा आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन्, जसले विश्व शान्ति र साझा विकासमा सकारात्मक योगदान पुर्याइरहेका छन् ।
अफ्रिकाका लागि राजनीतिक आर्थिक विश्लेषक लरेन्स फ्रिम्यान भन्छन्, ‘चीनको प्रमुख पहलहरू, जस्तै अर्थतन्त्रको आधुनिकीकरण र विकास गर्नु, कृषि विस्तार गर्नु, र जीवनस्तर सुधार गर्नु, ती सबै मानवीय उद्देश्यहरू हुन् जसका लागि जाति, धर्म, वा भौगोलिक स्थानको पर्वाह नगरी सम्पूर्ण मानवजाति प्रयासरत छ ।’
बहुपक्षीयताको समर्थन
पछिल्ला ७५ वर्षमा, चीन विश्व शान्तिको निर्माता, वैश्विक विकासमा योगदानकर्ता, र अन्तर्राष्ट्रिय व्यवस्थाको रक्षकको रूपमा रहँदै आएको छ । जनवादी गणतन्त्र चीनको ७५औँ वार्षिकोत्सवको अवसरमा सहयोग र पारस्परिक लाभमा केन्द्रित नयाँ प्रकारको अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना गर्न र मानवताका लागि साझा भविष्य निर्माण गर्न चीनले आफ्नो प्रतिबद्धता व्यक्त गरिरहेको छ, जसले वैश्विक विकासमा नयाँ योगदान गर्नेछ, विश्लेषकहरूले भनेका छन् ।
सोमबार, संयुक्त राष्ट्र “भविष्य शिखर सम्मेलन”मा सहभागी हुँदै, चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका पोलिटब्युरो सदस्य र विदेशमन्त्री वाङ यीले विश्वव्यापी चुनौतीहरूको समाधानमा चीनको प्रस्तावहरूबारे चर्चा गरे ।
“सबै देशहरू, तिनीहरूको आकार र शक्तिको पर्वाह नगरी, अन्तर्राष्ट्रिय समुदायका समान सदस्य हुन् । हामीलाई अन्तर्राष्ट्रिय कानूनी शासनको अधिकारलाई बलियो बनाउन आवश्यक छ, जहाँ बलियोले कमजोरलाई धम्की दिन्छ भन्ने ‘जंगलको कानुन’लाई अस्वीकार गर्न आवश्यक छ, एकपक्षीय प्रतिबन्धहरूजस्ता प्रभुत्ववादी कार्यहरूलाई अस्वीकार गर्न, विकासशील देशहरूको वैध अधिकार र हितहरूको रक्षा गर्न, अन्तर्राष्ट्रिय सम्बन्धमा ठूलो लोकतन्त्रलाई प्रवर्द्धन गर्न, र अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायलाई समर्थन गर्न आवश्यक छ”, वाङ यीले भने ।
विगत केही दशकदेखि, चीनले शान्ति र सुरक्षालाई कायम राख्न महत्त्वपूर्ण प्रस्तावहरू र पहलहरू अघि सारेको छ, जस्तै पाँच सिद्धान्तहरूको आधारमा सहअस्तित्व, मानवताको साझा भविष्य निर्माणको अवधारणा र तीन प्रमुख विश्वव्यापी पहलहरू, जसले विश्व शान्ति र सुरक्षामा चिनियाँ बुद्धिमत्ता र समाधानहरू योगदान गरेको छ र विभिन्न देशका नेताहरूबाट सकारात्मक प्रतिक्रिया र समर्थन प्राप्त गरेको छ, वाङ यौमिङले भने ।
रूस–युक्रेन संघर्ष र इजरायल–प्यालेष्टाइन संघर्षजस्ता अन्तर्राष्ट्रिय मुद्दाहरूको सन्दर्भमा चीनका पहलहरूले तिनीहरूको जीवन्तता देखाउँछन् । ‘चीनले संवाद र राजनीतिक उपायहरूमार्फत विवाद समाधान गर्न खोजिरहेको छ, जसले केही पश्चिमी देशहरूको प्रोक्सी युद्धद्वारा आफ्नो स्वार्थ पूरा गर्ने प्रयासको विपरीत छ’, वाङ यौमिङले थपे ।
यसका साथै, चीनको व्यावहारिक सहयोगले अन्तर्राष्ट्रिय समुदायलाई विकासका मुद्दामा ध्यान केन्द्रित गर्न प्रेरित गरेको छ, र भविष्यका लागि उच्च–गुणस्तरीय वृद्धि प्रवर्द्धन गर्दै, ग्लोबल साउथका देशहरूका लागि विकासको खाडललाई कम गर्न चिनियाँ समाधानहरू प्रदान गर्दै, र वैश्विक स्थिरतामा सकारात्मक ऊर्जा प्रवाह गरिरहेको छ, विज्ञले भनेका छन् ।
विश्लेषकहरूले यो पनि बताएका छन् कि अभूतपूर्व विश्वव्यापी परिवर्तनहरूको जवाफमा, चीन र विकासशील देशहरू ग्लोबल साउथमा सक्रिय दृष्टिकोणका साथ संयुक्त रूपमा अघि बढिरहेका छन्, वास्तविक बहुपक्षीय संयन्त्रहरूलाई कायम राख्न प्रतिबद्ध रहेका छन्, साझा विकास हासिल गर्न र थप राष्ट्रहरूसँग प्रगति बाँड्न संलग्न छन् ।
यो रिपोर्ट ग्लोबल टाइम्समा प्रकाशित भएको छ
प्रतिक्रिया