९ आश्विन २०८१, बुधबार | September 25, 2024

सिटी वालेटले गर्यो चाडपर्वको अवसरमा आकर्षक क्यासब्याक घोषणा, प्रति रेमिट भूक्तानीमा ७०० सम्मको क्यासब्याक पाइने



काठमाडौ । सिटी वालेट प्रा.लि. ले दशै, तिहार र छठपर्वको अवसरमा विशेष क्यासब्याक प्रस्तावहरूको घोषणा गरेको छ ।

नेपालको सवै भन्दा कान्छो वालेट कम्पनीको रुपमा स्थापित सिटी वालेटले ग्राहकले आफै रेमिट भूक्तानी गर्ने प्रक्रियालाई प्रोत्साहन गर्न उक्त क्यासब्याक घोषणा गरेको हो ।

रु ५००० भन्दा बढी रकमको रेमिटान्स सिटीपे वालेट मार्फत प्राप्त गर्दा सिटीपे प्रोमो कोड प्रयोग गरी रु २०० रुपैंया रकम बराबरको बोनस ब्यालेन्स तथा हरेक दिन रेमिटेन्स भूक्तानीमा पहिलो १८ जना ग्राहकहरुलाई रु ५०० बराबरको वोनस गरी कुल ७०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । विदेश स्थित सिटी एक्सप्रेसका पार्टनर रेमिट कम्पनीवाट सिधै वालेट लोड कारोवार गर्ने वालेटले समेत उक्त क्यासब्याक प्राप्त गर्न सक्नेछन ।

साथै दशै तिहारलाई लक्षित गरी आन्तरिक उडान बुकिङमा समेत आकर्षक क्यासब्याक गर्ने भएको छ । आन्तरिक उडान बुकिङमा ग्राहकहरूले सिटीपे एपमार्फत उडान बुक गर्दा FLIGHT200 प्रोमोकोड प्रयोग गरी रु ३०० भन्दा बढीको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

“यी आकर्षक अफरहरु चाडबाडको समयमा हाम्रो ग्राहकहरूलाई विशेष सेवा र मूल्य प्रदान गर्नको लागि हाम्रो प्रतिबद्धताको उदाहरण हो ।

दशै, तिहार र छठको समयमा हाम्रो ग्राहकहरूलाई यी क्यासब्याक अवसरहरू प्रदान गर्न पाउँदा हामी खुसी छौं ।हाम्रो लक्ष्य भनेको हाम्रा ग्राहकहरूलाई यो चाडको अवसरमा बढी खुशी र सुविधासहित मनाउने सहयोग गर्नु हो ।“ सिटी वालेट प्राइभेट लिमिटेड का प्रमुख ब्यवसायिक अधिकृत प्रकाश चालिसेले भने ।

यस अफरको फाईदा लिन सिटीपे https://onelink.to/6c5dbt मा गई , आफ्नो सिटीपे वालेट दर्ता गरी रेमिट भूक्तानी प्रक्रिया पुरा गर्न सकिन्छ । सिटीपे वालेट मार्फत सिटी एक्सप्रेस मनी ट्रान्सफर , कुमारी रेमिट, नविल रेमिट , सिद्धार्थ रेमिट, सिटिजन रेमिट, एभरेष्ट रेमिट, पृथ्वी रेमिट लगायतका रेमिट भूक्तानी गर्न सकिन्छ । यो योजना सिमीत अवधिका लागी रहने छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ५ : ४० बजे

घाँसेमैदान बनेको नेपालगन्ज रङ्गशाला प्रयोगमा ल्याउन बाँके जिल्ला फुटबल संघको माग

नेपालगन्ज । नेपालगन्जमा सुबिधा सम्पन्न खेलकुद रङ्गशाला भएर पनि खेदाडीहरुले

आर्थिक न्यायको माग गर्दै दलित नागरिक समाजको प्रदर्शन

काठमाडौं । आर्थिक न्याय र सामाजिक सुरक्षाको माग गर्दै दलित

नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय टिकट विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि बिक्री गर्ने

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विराटनगर, पोखरा

आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार अत्यावश्यक : अर्थमन्त्री पौडेल

बेइजिङ । उपप्रधानमन्त्री अवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वृद्धि तथा