९ आश्विन २०८१, बुधबार | September 25, 2024

न्यायाधीश नियुक्तिको विरोधमा नेपाल बार



काठमाडौं । नेपाल बार एशोसिएशन प्रधानन्यायाधीशले गैर संवैधानिक नियमावलीको आधारमा न्यायाधीश नियुक्ति गर्न खोजेको आरोप लगाउदै आन्दोलित भएको छ ।

बार एशोसिएशनले आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गोपालकृष्ण घिमिरेले आफूहरुले विगत १ वर्षदेखि उठाउँदै आएको विषयलाई नजर अन्दाज गरी न्यायाधीश नियुक्ति गर्न खोजिएको बताएका हुन् ।

न्याय परिषद्ले २०८० असोज १ गते न्याय परिषद् नियमावली २०७४ मा संशोधन गरेको थियो । उक्त संशोधन संविधानको धारा १४१ को उपधारा १ र ३ सँग प्रत्यक्ष रुपमा बाझिएको छ । उक्त संशोधनले न्यायाधीशहरुको बरियतालाई उथलपुथल गरेको र न्यायलयको गरिमालाई घटाउने काम गरेको अध्यक्ष घिमिरेको दाबी छ ।

गैर संवैधानिक काम प्रधानन्यायाधीशको अध्यक्षताको न्याय परिषद्ले गरिराखेको अवस्थामा आफूहरुलाई न्यायाधीश नियुक्तिको विरोध गरियो भन्ने आरोप पनि लाग्ने गरेको उनले बताए । अध्यक्ष घिमिरेले आफूहरुको माग गैर संवैधानिक रुपमा संशोधित नियमावली खारेज हुनुपर्ने आफूहरुको माग रहेको बताए ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ५ : ०२ बजे

घाँसेमैदान बनेको नेपालगन्ज रङ्गशाला प्रयोगमा ल्याउन बाँके जिल्ला फुटबल संघको माग

नेपालगन्ज । नेपालगन्जमा सुबिधा सम्पन्न खेलकुद रङ्गशाला भएर पनि खेदाडीहरुले

आर्थिक न्यायको माग गर्दै दलित नागरिक समाजको प्रदर्शन

काठमाडौं । आर्थिक न्याय र सामाजिक सुरक्षाको माग गर्दै दलित

नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय टिकट विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि बिक्री गर्ने

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विराटनगर, पोखरा

आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार अत्यावश्यक : अर्थमन्त्री पौडेल

बेइजिङ । उपप्रधानमन्त्री अवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वृद्धि तथा