९ आश्विन २०८१, बुधबार | September 25, 2024

प्रचण्ड र मिश्रको भेटमा बाबुरामको टिप्पणी- ‘बिरालो म्यॉउ’ गर्यो !



काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राप्रपा नेता रविन्द्र मिश्रबीच भएको भेटमा टिप्पणी गर्दै ‘बिरालो म्यॉउ’ गरेको संज्ञा दिएका छन् ।

भट्टराईले प्रचण्ड र मिश्रको भेट बारे टिप्पणी गर्दै केही राजावादीहरू चिच्याउदैमा र प्रचण्डहरू सत्तालिप्साको चास्नीमा डुब्दैमा जनताको रगतसँग साटिएका यी उपलब्धीहरू नखोसिने बताएका छन् ।

बाबुरामले भनेका छन्- वयोवृद्ध वामपन्थी नेता चित्रबहादुर केसीले बारम्बार सुनाउने लोकोक्ति  सापटी लिएर भन्नुपर्दा- बिरालोलाई जति खास्टोले छोपे पनि आखिरमा म्याउ गरिहाल्छ रे ! प्रचण्ड र रवीन्द्र मिश्र वीचको अंतरंग कुराकानीको सत्यतथ्य वहाँहरूले नै जान्ने र भन्ने कुरा हो । तर माओवादी आन्दोलनभित्रको भीषण अन्तरसंघर्ष देखीजान्ने सबैलाई थाहा छ अहिले ‘बिरालो म्यॉउ’ गरेकै हो ! किनकि प्रचण्डको वास्तविकता त्यही हो । यसको अर्थ- गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता, समावेसी लोकतन्त्र कुनै महापुरूषको पौरख वा कुनै अदृश्य शक्तिको निगाहबाट हैन नेपाली शोषितपीडित जनताको अतुलनीय बलिदानीपूर्ण संघर्षको बलमा प्राप्त भएको हो । केही राजावादीहरू चिच्याउंदैमा र प्रचण्डहरू सत्तालिप्साको चास्नीमा डुब्दैमा जनताको रगतसँग साटिएका यी उपलब्धीहरू खोसिन सक्दैनन् ! खोस्न दिनु हुँदैन !

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ७ : ५७ बजे

श्रीलंकाको संसद भंग, नोभेम्बर १४ मा निर्वाचनको घोषणा

काठमाडौँ । श्रीलंकाका राष्ट्रपति अनुरा कुमार दिसानायकेले संसद विघटन गरेका

बागलुङमा सात सय ९८ जनामा डेङ्गु सङ्क्रमण

बागलुङ । बागलुङमा साउनयता सात सय ९८ जनामा डेङ्गु सङ्क्रमण

कोरला नाकामा सञ्चार सुविधा विस्तार

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना कोरलामा नेपाल टेलिकमले

पर्वले सामूहिकता र एकतालाई अभिवृद्धि गर्न मद्दत गर्छ : उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले विभिन्न तिथिहरुमा गरिने पूजापाठ र

चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वजस्ता मौलिक चाडपर्वले समाजमा