८ आश्विन २०८१, मंगलबार | September 24, 2024

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु



झापा । झापाको विर्तामोडमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत विर्तामोड नगरपालिका-६ कुमारी चोकस्थित प्र १-०१-०१३ प २८०९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री विर्तामोड नगरपालिका-६ बुट्टाबारीका ६२ वर्षीय यामबहादुर लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले बताए ।

प्रहरीका अनुसार गएराति उक्त मोटरसाइकलले ठक्कर दिई गम्भीर घाइते भएका लिम्बूको उपचारका क्रममा आज विहान बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । मोटरसाइकल चालक बुद्धशान्ति नगरपालिका-४ का ३२ वर्षीय विकास लिम्बूलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको छ ।

बसको ठक्करबाट मृत्यु

कैलाली-बसको ठक्करबाट गौरीगङ्गा नगरपालिका-९ मसुरियामा सुपप्र ०१-००१ क २४६४ नम्बरको बसले ठक्कर दिँदा ८४ वर्षीय हर्कबहादुर बमको मृत्युु भएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिए ।

सोमबार साँझ सडकमा बाटो काट्ने क्रममा बमलाई बसले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । उनको धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । बस र चालक गौरीगङ्गा-९ का ४५ वर्षीय नारायणबहादुर भण्डारीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ८ : ३८ बजे

सुनको मूल्य आज झन बढ्यो, तोलामा कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

सुपर एप बन्दै पठाओ, छैटौंं वार्षिकोत्सवमा किराना, खाजा घर र गेम्सको सुविधा थप

काठमाडौं । नेपालको लोकप्रिय र अग्रणी राइड सेयरिङ प्लेटफर्म पठाओ

विद्यालयमा गर्मीले विद्यार्थी बेहोस हुन थालेपछि रौतहटमा बिहानमा कक्षा सञ्चालन

रौतहट । पछिल्ला केही दिनदेखि बढ्दो गर्मीका कारण रौतहटका कैयौं

परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता

वासिङ्टन डिसी । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन

धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति

म्याग्दी । यस वर्षको शरद्याममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि