७ आश्विन २०८१, सोमबार | September 23, 2024

प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणाको अन्तरक्रिया कार्यक्रम स्थगित



काठमाडौं । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाली समुदायसँग गर्ने भनिएको अन्तरक्रिया कार्यक्रम स्थगित भएको छ ।

न्युयोर्कमा आइतबार बेलुकी सो कार्यक्रम तय भएकोमा सुरक्षा लगायतको कारण स्थगित गरिएको नेपाली महावाणिज्य दूतावास न्युयोर्कले जनाएको छ ।

महावाणिज्य दूतावासले जारी गरेको सूचनामा तयारी पूरा भए पनि अन्तिम समयमा प्रधानमन्त्री ओली राष्ट्र संघको महासभा, समिट अफ द फ्युचर र अन्य साइडलाइन भेटवार्तामा व्यस्त भएको र समारोह स्थलको सुरक्षा संवेदनशीलताको बारेमा सम्बन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी कार्यक्रम स्थगन गरेको जनाएको हो ।

सहकारी प्रकरणमा रवि लामिछानेलाई सरकारले पक्राउको तयारी गरिरहेको बेला कार्यक्रममा उनका समर्थकले गर्नसक्ने सम्भावित विरोधका कारण कार्यक्रम स्थगित भएको बुझिएको छ ।

 

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  १० : ११ बजे

जसपा नेपालले सङ्गठन निर्माण अभियानमा खटायो पदाधिकारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना पदाधिकारी तथा

ओली र मोदीबीच न्ययोेर्कमा भेटवार्ता

अमेरिका । संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन नेपाली

पर्वत अस्पतालले स्वास्थ्य बीमाको रकम पाएन

पर्वत । लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा पर्वत

श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुराले लिए शपथ

काठमाडौं । श्रीलंकाको नवनिर्वाचित राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके शपथ

प्रचण्डले गरे श्रीलङ्कन जनतालाई सलाम, राष्ट्रपति अनुरा कुमारा दिसानायकेलाई बधाई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल