७ आश्विन २०८१, सोमबार | September 23, 2024

भैरहवामा आठौ मेयर कप जिल्लास्तरीय स्नुकर प्रतियोगिता सुरु



भैरहवा । रुपन्देहीको भैरहवामा आइतबारदेखि आठौं जिल्लास्तरीय खुल्ला स्नुकर मेयर प्रतियोगिता मेयर कप-२०८१ सुरु भएको छ । रुपन्देही पुल तथा स्नुकर संघको आयोजनामा क्रेजी क्यु क्लबमा सुरु भएको प्रतियोगिताको पूर्व सांसद् प्रमोद कुमार यादवले उद्घाटन गरे ।

सो अवसरमा बोल्दै यादवले आफूहरु खेलाडीहरुको साथमा रहेको बताए । उनले भने, ‘रुपन्देही पुल तथा स्नुकर संघले राम्रो काम गरेको छ । तपाईहरुलाई सक्दो सहयोग गर्नेछौं ।’

रुपन्देही पुल तथा स्नुकर संघका अध्यक्ष सुजन पुनले स्नुकर सम्भावना बोकेको खेल भएको बताए । उनले आठौं संस्करणको खुल्ला स्नुकर प्रतियोगिता भैरहवामा हुनु गौरवको कुरा भएको बताए । उनले भने, ‘अनुशासन र मर्यादा खेलाडीको पहिचान हो ।’

नेपाली काँग्रेस सिद्धार्थनगर समितिका सभापति तथा अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी कोशिष बहादुर खड्काले कार्यक्रमको पूर्ण सफलताको कामना गरे । उनले भने, ‘जुन खेलमार्फत खेलाडीदे अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिनिधित्व गर्छ, त्यही नै विशेष खेल हो ।’

नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले पछिल्लो समय गाउँगाउँमा विस्तार हुँदै गएको बताए । उनले स्नुकरलाई राष्ट्रिय खेलमा समावेश गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘यो खेलको अझ प्रचारप्रसार गर्नुपर्छ । खेललाई मर्यादित बनाउनुपर्छ । ’

रुपन्देही पुल तथा स्नुकर संघका सल्लाहकार तथा संस्थापक वरिष्ठ उपाध्यक्ष सुरज मकाजुले संघ विभिन्न आरोह-अवरोहकाबीच यहाँसम्म आइपुगेको बताए । उनले भने, ‘स्नुकर खेलाडीले दुःख पाए । सेवासुविधा पाएका छैनन् ।’ उपाध्यक्ष ढकालले मर्यादित ढंगले खेल्न खेलाडीहरुलाई आग्रह गरे ।

संघका प्रथम उपाध्यक्ष बासु प्रधानको स्वागत तथा पुनम कुंवरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतियोगितामा रुपन्देही, कपिलवस्तु र पाल्पा गरी तीन जिल्लाबाट १२८ जनाको सहभागीता रहने कार्यक्रम संयोजक तथा संघका सल्लाहकार विजय थापाले जानकारी दिए । नकआउट सिस्टममा हुने प्रतियोगितामा प्रथम हुनेलाई रु. ६१ हजार र दोस्रो हुनेलाई रु. २५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएका छन् । त्यस्तै उच्च स्कोररलाई रु. १० हजार प्रदान गरिनेछ ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ८ : १९ बजे

धनुषामा हिरासत कक्षबाट आठ थुनुवा फरार

धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षको ‘भेन्टिलेशन’ भत्काएर

दुर्गा प्रसाईका समर्थकले झापामा जलाए तीन वटा ट्रक

झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेपछि झापामा उनका

प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणाको अन्तरक्रिया कार्यक्रम स्थगित

काठमाडौं । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र

छविलाल जोशीलाई आज अदालत लगिदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआईजी तथा

नेताको जिम्मेवारी हेरफेर गर्दै एकीकृत समाजवादी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टी सङ्गठनको संरचना