७ आश्विन २०८१, सोमबार | September 23, 2024

श्रीमानको जन्मदिनमा श्रीमतीले दिइन १० लाखको बिमा पोलिसी उपहार



देवदह । पछिल्लो समय बीमा पोलिसीलाई उपहारको रुपमा दिने प्रचलन बढ्दो रुपमा भित्रिएको छ । बदलिदो समय अनुसार विभिन्न उत्सव, विवाह लगायतका पर्वहरुमा जिन्सी, सामान, गहना उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आएको हो ।

यसैबीच देवदह नगरपालिका वडा नम्बर ६ खैरेनी निवासी अनिता सापकोटाले जन्मदिनमा बीमा पोलिसी उपहार दिएकी हुन् ।

सापकोटाले ३९ वर्षीय श्रीमान तुलसी प्रसाद सापकोटालाई जन्मदिनको अवसरमा १० लाखको जीवन बिमा पोलिसी उपहार दिएकी हुन । उनलाई उक्त पोलिसी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेड देवदह शाखाका एजेन्सी म्यानेजर मित्रलाल न्यौपानेले गराइदिएका थिए । सापकोटाले सिटिजन शुभारम्भ बिमा योजना अन्तर्गत १० लाखको जीवन बिमा गरेको सिटिजन लाइफ इन्स्योरेन्स देवदह शाखाकी शाखा प्रमुख बिनिता श्रीसले जानकारी दिइन ।

सापकोटाले भनिन जिन्सी सामान वा गर, गहना, पार्टी भोज भन्ने कुरा विकृति र विसंगति मात्र हुन्, वस्तु दिउनजेल एकै छिन मात्रको खुसी हो, तर बीमा पोलेसी त बचत संग संगै भावि सन्ततिको भविश्य निर्माण, जोखिम न्यूनिकरणको माध्यम हो, बीमाले आर्थिक सुरक्षाको ग्यारेन्टी गर्ने भएकोले श्रीमानलाई बीमा पोलिसी उपहार दिएको बताइन ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ८ : १५ बजे

धनुषामा हिरासत कक्षबाट आठ थुनुवा फरार

धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षको ‘भेन्टिलेशन’ भत्काएर

दुर्गा प्रसाईका समर्थकले झापामा जलाए तीन वटा ट्रक

झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेपछि झापामा उनका

प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणाको अन्तरक्रिया कार्यक्रम स्थगित

काठमाडौं । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र

छविलाल जोशीलाई आज अदालत लगिदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआईजी तथा

नेताको जिम्मेवारी हेरफेर गर्दै एकीकृत समाजवादी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टी सङ्गठनको संरचना