७ आश्विन २०८१, सोमबार | September 23, 2024

नेपालको हारको सिलसिला जारी, क्यानडासँग ५ विकेटले पराजित



काठमाडौं । नेपाल आइसीसी विश्वकप लिग-२ अन्तर्गत जारी सिरिजमा लगातार तेस्रो खेलमा पराजित भएको छ ।  गएराती सम्पन्न खेलमा नेपाल क्यानडासँग ५ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १८२ रनको लक्ष्य पछाएको क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि टस जितेर पहिला ब्याटिंग गर्दै नेपालले ४६.१ ओभरमा अल आउट हुदै १८१ रन बनाएको थियो ।

यस सिरिजमा नेपालको ब्याटिंग लगातार फ्लप हुदै आएको छ । नेपालले आफ्ना शिर्ष क्रमका ५ ब्याट्सम्यान केवल ३६ रन बनाएर गुमाएको थियो ।

यो जित पछि क्यानडा लिग-२ को अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । क्यानडाको ११ खेलमा १४ अंक भएको छ । त्यस्तै नेपालले भने ७ खेलमा एक जित र ६ हार बेहोरेको छ र केवल २ अंक हासिल गरेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ७ : १५ बजे

भैरहवामा आठौ मेयर कप जिल्लास्तरीय स्नुकर प्रतियोगिता सुरु

भैरहवा । रुपन्देहीको भैरहवामा आइतबारदेखि आठौं जिल्लास्तरीय खुल्ला स्नुकर मेयर

श्रीमानको जन्मदिनमा श्रीमतीले दिइन १० लाखको बिमा पोलिसी उपहार

देवदह । पछिल्लो समय बीमा पोलिसीलाई उपहारको रुपमा दिने प्रचलन

प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोग्बेबीच भेटवार्ता

न्युयोर्क । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिन नेपाली

प्रधानमन्त्री ओलीसँग मानवअधिकार उच्चायुक्तको शिष्टाचार भेट

न्युयोर्क । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा नेपाली प्रतिधिमण्डलको नेतृत्व

प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता

न्युयोर्क । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिन नेपाली