६ आश्विन २०८१, आइतबार | September 22, 2024

दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति



काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

नेपाल प्रहरीबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई म्यादथपका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको थियो । न्यायाधीश बालकृष्ण वाग्लेले प्रसाईंर्ला ३ दिन हिरासतमा राख्न अनुमति दिएका हुन् ।

पक्राउ गरे लगत्तै उनलाई साइबर ब्युरोबाट अस्पताल लगिएको थियो । त्यसपछि उनलाई अस्पतालबाट सिधै काठमाडौं जिल्ला अदालत लगिएको थियो ।

प्रसाईंलाई अदालत ल्याउँदा उनका समर्थकले नाराबाजी गरेका थिए । नाराबाजी गर्ने चार जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

साइबर अपराधको अभियोगमा प्रसाई विरुद्ध प्रहरीले ४ दिन अगाडी पक्राउको पुर्जी लिएको थियो । ४ दिन देखि ढोका थुनेर बसेका उनलाई आज अपरान्ह प्रहरीले भक्तपुर स्थित घर भित्रै प्रवेश गरेर पक्राउ गरेको गियो ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ८ : १६ बजे

प्रधानमन्त्री ‘फ्युचर फर समिट’मा सहभागी

वासिङटन, डिसी । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने सिलसिलामा

क्यानडाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै, यस्तो छ नेपालको प्लेइङ- ११

काठमाडौँ । नेपालले आइसीसी विश्वकप लिग-२ अन्तर्गत आज क्यानडाविरुद्ध खेल्दै

रवि लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत कास्कीबाट प्रहरीलाई अनुमति

काठमाडौँ । प्रहरीले सहकारीको रकम अपचलनमा मुछिएका पूर्वगृहमन्त्री रवि लामिछानेलाई

सहकारी ठगी कसुरमा पक्राउ छविलाल जोशीलाई प्रहरीले पोखरा पुर्‍यायो

गण्डकी । सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगीको कसुरमा पक्राउ

दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राख्न