५ आश्विन २०८१, शनिबार | September 21, 2024

रुपन्देहीमा रहेका मैथिली समुदायले मनाए जीतिया पर्व



बुटवल । विभिन्न पेसा व्यवसाय गरेर बस्ने रुपन्देहीमा रहेका मैथिली समाजका व्यक्तिहरले शनिबार तिलोत्तमामा सामुहिक रुपमा जीतिया पर्व मनाएका छन् । मैथिल समाज नेपाल रुपन्देहीको आयोजनामा पर्व मनाइएको हो ।

जीतिया पर्व मैथिल समाजका लागि एक महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व हो जुन विशेष गरी नेपाल र भारतका मिथिलाञ्चल क्षेत्रमा धूमधामले मनाइन्छ । जीतिया पावैन मिलन समारोह २०८१ को तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरी चौधरीले उद्घाटन गर्दै नेपालको मिथिला क्षेत्रमा यो पर्वले ठूलो सांस्कृतिक महत्त्व राख्ने बताईन । सम्पूर्ण समाजलाई सन्तानप्रतिको मातृस्नेह र धार्मिक आस्थाको बलियो रूपमा जोड्ने काम यो पर्वबाट गरेको उनले बताइन् ।

कार्यक्रममा मैथिल समाज नेपाल रुपन्देहीका अध्यक्ष उदय कुमार सिंहले सन्तानको दीर्घायु, सुख, समृद्धि र कल्याणको लागि यो पर्व मनाईने बताए । घरमा आमाहरु व्रत बस्ने र आफ्नो सन्तानको राम्रो स्वास्थ्य तथा जीवनको कामना गर्ने उनले बताए । पर्वबारे प्रकाश पार्दै उनले जीउतवाहन भगवान (गरुडका रूप) को पूजा गरिन्छ । गरुडले आफ्नो भक्तलाई विपत्तिबाट रक्षा गर्ने विश्वास छ, र यसै कारणले गर्दा यो पर्वलाई “जीतिया” भनिएको उनले बताए।सामूहिक रूपमा महिलाहरू व्रत बस्ने, पूजा-अर्चना गर्ने प्रचलन रहेको छ । यसले सामाजिक एकता र आपसी मेलमिलापलाई प्रोत्साहन गर्ने विश्वास गरिन्छ ।

व्रतको समापनमा महिलाहरू पूजा गरेर प्रसाद ग्रहण गर्छन् । व्रत तोड्दा परम्परागत मैथिली परिकारहरू खाइन्छ, जसले धार्मिक र सांस्कृतिक महत्त्वलाई अझ बढी प्रकट गर्छ । रुपन्देहीमा छरिएर रहेका मैथिल समुदायलाई संस्थागत गरि १८ वर्ष स्थापना गरेर भाषासंस्कृति र सामाजिक कार्य गर्दै आएको उनले बताए ।

कार्यक्रममा भैरहवा मैथिल समाजका अध्यक्ष अमरकान्त झाले सबै जातजातीहरुको समाजको महत्व रहेको भन्दै जीतिया पर्वको महत्वलाई प्रकाश पारे । कार्यक्रममा भैरहवा भिम अस्पतालका मेसु डा. शकुन्तला गुप्ता, समाजका उपाध्यक्ष रिता कुमारी शाहले नेपाल सबै धर्म, संस्कृतिमा धनि देश भएको भन्दै समुदायबाट उदाहरणीय काम भएको बताए ।

कार्यक्रममा नेपाल तराई विद्यार्थी ग्रुपबाट मैथिल नृत्य, गायन समेत प्रस्तुत गरिएको समाजका सचिव मनोज कुमार मण्डलले बताए । हाल रुपन्देहीमा विभिन्न पेशा ब्यवसायमा आवद्ध मैथिल समुदायका ५ सय घरपरिवार रहेका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ३ : ५८ बजे

पोखरामा डेङ्गी सङ्क्रमण, एक महिनामा छ गुणाले वृद्धि

गण्डकी । कास्कीको पोखरा महानगरपालिकामा गत भदौ पहिलो सातायता डेङ्गी

देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस-एमालेको सरकार बनेको हो : सञ्चारमन्त्री गुरुङ

लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं सञ्चार

दिल्लीकी मुख्यमन्त्री आतिशी मार्लेनाले लिईन् शपथ, ५ सदस्सीय मन्त्रिमण्डल

काठमाडौं । दिल्लीकी मुख्यमन्त्री आतिशी मार्लेनाले पद तथा गोपनियताको शपथ

लुम्बिनी प्रदेश सरकारले बनायो मानव वन्यजन्तु द्वन्द्व न्यूनिकरण गर्ने योजना

दाङ । लुम्बिनी प्रदेश सरकारले मानव वन्यजन्तु द्वन्द्व घटाउने उद्देश्यले

प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेण्डा अघि बढाउँछौं : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन