५ आश्विन २०८१, शनिबार | September 21, 2024

कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’



दाङ । लमही नगरपालिका–९ रिहार निवासी ५७ वर्षीया सम्झना चौधरीले कुचोबाट आफ्नो जीविकोपार्जन गर्दै आएकी छन् । उनले कुचो बनाउने र बजारमा चामलसँग साटेर घर खर्च चलाउने गर्छिन् ।

“कुचो बनाएर घोराही बजार लैजान्छु, धेरैले चामल दिनुहुन्छ”, चौधरीले भनिन्, “कुचो बेचेररसाटेर सङ्कलन भएको चामल तथा रकमले जीविकोपार्जन भइरहेको छ ।” सिरुको कुचो बनाउने गरेको भन्दै यसको बजारमा माग पनि धेरै रहेको उनले बताइन् ।

बजारमा माग भएकाले पछिल्लो एक वर्षदेखि कुचो बनाएर बिक्री गर्ने, चामलसँग साट्ने गरेको चौधरीले बताइन् । “एउटा कुचोबापत दुई मानासम्म चामल दिने गर्नुहुन्छ । नगदभन्दा चामलसँग बढी कारोबार हुने गरेको छ”, उनले भनिन् ।

चार सन्तानकी आमा सम्झनाले छोराछोरीको बिहेपछि आफू घरमा एकै रहेको बताइन् । एक पटकमा ५० वटासम्म कुचो बनाएर बिक्री गरेपछि त्यसबाट भएको आम्दानीले दुई महिनासम्म घर खर्च चलाउन पुग्ने उनको भनाइ छ । “काचो सिरु ल्याएर त्यसबाट कुचो बनाउछौँ, त्यही कुचो सुकेपछि बेच्छौँ”, उनले भनिन् ।

सिरुको कुचो बजारमा पाइने कुचोभन्दा राम्रो हुने भएकाले धेरैले माग गर्ने भन्दै यो पेसालाई निरन्तरता दिने चौधरीले बताइन् । “उमेर पनि गइसक्यो, अरु काम गर्न सकिदैन”, उनले भनिन्, “कुचो बिक्री हुँदासम्म यही पेसालाई निरन्तरता दिनेछु ।” काम सानो वा ठूलो नहुने भन्दै महिला आत्मनिर्भर हुन आर्थिकस्तर सुधार गर्नुपर्नेमा उनले जोड दिइन् ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  १ : ०३ बजे

मोहना र खुटिया नदीमा तटबन्ध निर्माण

कैलाली । मोहना र खुटिया नदीमा तटबन्ध निर्माण अन्तिम चरणमा

मुक्तिनाथमा दर्शनार्थीको घुइँचो

गण्डकी । प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा  केही दिनयता चहलपहल बढ्दै गएको

भारतको मणिपुरमा म्यानमाबाट नौ सय सन्दिग्ध व्यक्तिहरु प्रवेश गरेको सुचना, सीमाक्षेत्रमा उच्च सतर्कता

नयाँ दिल्ली । युद्धग्रस्त म्यानमाबाट नौ सय सन्दिग्ध आतङ्कवादी भारतको

ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा सहभागी

कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’

दाङ । लमही नगरपालिका–९ रिहार निवासी ५७ वर्षीया सम्झना चौधरीले