५ आश्विन २०८१, शनिबार | September 21, 2024

घटस्थापना अगाडि सडक मर्मत गरिसक्न निर्देशन



काठमाडौँ । दसैँ, तिहार र छठ पर्वमा यात्रुलाई सहज रुपमा गन्तव्यस्थलसम्म पुग्नका लागि सडक विभाग अन्तर्गतका सडकलाई घटस्थापना अगाडि मर्मत सम्भार गरिसक्न निर्देशन दिइएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज बसेको सरकारी प्रतिनिधि सहित यातायात व्यवसायीको बैठकले सडक विभागअन्तर्गत सबै सडक घटस्थापना अगाडि मर्मतसम्भार गरी सञ्चालन गर्न सडक विभागलाई निर्देशन दिने निर्णय गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौलाले जानकारी दिए।

बैठकले बिपी राजमार्गका सडक सुरक्षाका लागि पूर्व निर्धारित प्रकारका मात्र सवारीसाधन चलाउन एवं रात्री सवारी सञ्चालन नगर्ने विषय प्रभावकारी रुपमा लागू गर्न गृह मन्त्रालय, नेपाल प्रहरीलाई अनुरोध गर्ने, यात्रुको यात्रा सुनिश्चित एवम् सुरक्षित गर्न यातायात व्यवस्था विभागसँग छलफल गरी शीघ्र अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ ।

यात्रा सुरक्षित र सहज बनाउन यान्त्रिक परीक्षण गरी सम्बन्धित बसपार्कबाट गन्तव्यस्थलसम्म जाने गरी व्यवस्थित गर्ने, वैज्ञानिक भाडा समायोजन एक वर्षदेखि तथा इन्धनको मूल्यबाहेक अन्य कारणले गर्नुपर्ने भाडा समायोजन छठपछि गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिने निर्णय भएको छ ।

यस्तै, यातायात सुझाव सुधार कार्यादलको प्रतिवेदन कार्यान्वयनको विषयमा तत्काल गर्न सकिने विषयको सम्बोधन गर्ने, यातायात व्यवस्थापनसँग सम्बन्धित सम्मानित अदालतबाट भएका आदेश÷फैसला कार्यान्वयनका लागि एक महिनाभित्र कार्ययोजना तयार गरी पेस गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिने निर्णय भएको छ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, सचिव केशवकुमार शर्मा, सहसचिव कृष्णराज पन्थ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर, वरिष्ठ उपाध्यक्ष सिटौला, महासचिव डेकनाथ गौतमलगायत सडक विभाग र यातायात व्यवस्था विभागका कर्मचारीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ११ : ४५ बजे

ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा सहभागी

कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’

दाङ । लमही नगरपालिका–९ रिहार निवासी ५७ वर्षीया सम्झना चौधरीले

तिलिचो ताल पुग्न नयाँ पदमार्ग

म्याग्दी । मनाङको तिलिचो ताल जोड्ने नयाँ पदमार्ग सञ्चालनमा आएको

‘चुनावमा एक्लै लड्ने प्रतिबद्धता लोकतन्त्र र देशका लागि हितकर हुनेछ’

दाङ । नेपाल कम्यनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

विराटनगर । कोशी प्रदेश सभाको चालु पाँचौँ अधिवेशन अन्त्य भएको