५ आश्विन २०८१, शनिबार | September 21, 2024

पर्वतका टिकाराम भुसालमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान सुरु



काठमाडौँ । नेपालको संविधानको विरोध गरेको आरोपमा माइतीघरबाट यही असोज ३ गते पक्राउ परेका पर्वत, पैयू गाउँपालिका–३ घर भएका ६० वर्षीय टिकाराम भुसालमाथि प्रहरीले राज्यविरुद्धको कसुरमा मुद्दा चलाएको छ ।

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १ (राज्यविरुद्धका कसूर)को दफा ५१ (क) बमोजिम मुद्दा चलाइएको हो । अदालतबाट पाँच दिन म्याद थप अनुमति लिएर भुसालविरुद्ध अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

नेपालको संविधान राष्ट्रिय स्वाभिमान, स्वाधिनता, स्वतन्त्रता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता र देशको अपमान हुने गतिविधि गरिरहेको अवस्थामा भुसाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  १० : २५ बजे

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

विराटनगर । कोशी प्रदेश सभाको चालु पाँचौँ अधिवेशन अन्त्य भएको

घटस्थापना अगाडि सडक मर्मत गरिसक्न निर्देशन

काठमाडौँ । दसैँ, तिहार र छठ पर्वमा यात्रुलाई सहज रुपमा

वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको भदौसम्म रु

नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति

काठमाडौं । नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति

बागलुङमा चट्याङ लागेर एकको मृत्यु

बागलुङ । निसीखोला गाउँपालिका–३ किटनीकी २४ वर्षीया रंजना बुढाको गत